बिश्वव्यापी रुपमा फैलिएको कोभिड — १९ को प्रभाव तथा नेपाल सरकारबाट जारी भएको बन्दाबन्दीका कारणले महानगरबासीहरुमा पर्न गएको असामान्य अवस्था मध्यनजर गरी काठमाडौं महानगरपालिकाले असार महिनामा सम्पन्न गरेको सातौं अधिवेशनबाट निर्णय गरी आर्थिक बर्ष २०७७÷०७८ मा महानगरबासीहरुले तिर्न बुझाउन पर्ने करमा निम्नानुसारको छुट गरिएको व्यहोरा सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) आर्थिक बर्ष २०७७/०७८ को पौष मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट हुने
२) होटल बा रिसोर्टको नाममा दर्ता भइ सञ्चालनमा रहेका करदाताहरुलाई आर्थिक बर्ष २०७७/०७८ को सम्पत्ति करमा पौष मसान्तसम्म ८५ प्रतिशत छुट र माघदेखि असारमसान्तसम्म ७५ प्रतिशत छुट हुने
३) आर्थिक बर्ष २०७२/०७३ लाई व्यवसाय करको आधार बर्ष मान्ने, सोभन्दा पुरानो आर्थिक बर्षहरुको व्यवसाय कर बक्यौता र जरिवानामा शतप्रतिशत छुट हुने ।
४) आर्थिक बर्ष २०७७/०७८ मा लाग्ने व्यवसाय करमा आर्थिक ऐन २०७७ को (ङ) खण्डमा उल्लेखित होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसाय करमा ५० प्रतिशत छुट हुने । अन्य व्यवसायहरुको व्यवसाय करमा २० प्रतिशत छुट हुने ।
५) आर्थिक बर्ष २०७२/०७३ लाई बहाल करको आधार बर्ष मान्ने । सोभन्दा पुरानो आर्थिक बर्षहरुको बहाल कर बक्यौता र जरिवानामा शतप्रतिशत छुट हुने ।
६) नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा घरधनीले कम्तीमा १ महिनाको बहाल छुट दिएको स्वःघोषणा गरेमा आर्थिक बर्ष २०७७/०७८ मा लाग्ने बहाल करमा १० प्रतिशत छुट हुने ।
७) नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण आर्थिक बर्ष २०७६÷०७७ को सम्पूर्ण कर बक्यौतामा जरिवाना नलिने ।
यस सम्बन्धि थप जानकारीको आवश्यक परेमा राजस्व बिभागको फोन नं. ०१ ४१६७३९० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।