विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९) भाइरसको संक्रमण, रोकथाम र नियन्त्रणका लागि मिलेर काम गर्नु पर्ने बेला आएको छ । यसका लागि नेपाल सरकारले चैत्र २१ गतेसम्म सबै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको यहाँमा बिदितै छ ।
फोहोरमैला व्यवस्थापन अत्यावश्यक सेवा हो । हामी महानगरबासीले उत्पादन गरेको फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापका लागि क्रियाशील छौं । निरन्तर काम गरिरहेका छौं । भाइरसको संक्रमणबाट बच्न अरुसँग कम सम्पर्क गर्नु नै सबैभन्दा महत्वपूर्ण उपाय हो ।
यसकारण हामी महानगरबासीसहित फोहोर उत्पादक सबैसँग कम फोहोर उत्पादन गर्न, उत्पादित फोहोर छुट््याएर कुहिने फोहोरलाई कम्पोष्टिङ्बाट आफैं व्यवस्थापन गर्न र नकुहिने फोहोर तोकिएको समय, स्थान र सवारी आएका बेला मात्र घरबाट बाहिर ल्याउन आग्रह गर्दछौं ।
तपाईको यो सहयोगले सहरलाई सुन्दर बनाउन, सहरी वातावरणलाई सन्तुलित कायम गराउन र जोखिम व्यवस्थापन गर्न सहज हुनेछ । तसर्थ, तपाईँले यो जिम्मेजारी पूरा गरेर सचेत नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।