सामाजिक सुरक्षा ऐन, २०७५ तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि, २०७५ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने (जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिका) व्यक्तिलाई आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गएर तोकिएको ढाँचामा दरखास्त दिनुहुन अनुरोध छ ।
रीत र योग्यता पुगेका यस्ता व्यक्तिलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुनेछ । साबिकमा सामाजिक सुरक्षा भत्ता पाईरहेका लाभग्राहीहरुले निरन्तर भत्ता प्राप्त गर्न र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको योग्यता पुगेका नागरिकले चालु आर्थिक बर्षदेखि भत्ता प्राप्त गर्न २०७६ श्रावण महिनादेखि २०७६ साल पौष मसान्तभित्र नाम दर्ता गर्नुपर्नेछ । यसरी नाम दर्ता गर्दा, तीनपुस्ते विवरण, नागरिकता नम्बर र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराउनु पर्नेछ । तोकिएको अबधिभित्र नाम दर्ता वा नविकरण नभए भत्ता प्रदान हुनेछैन ।
यसै सूचनालाई आधार मानेर सम्पूर्ण सम्बन्धित सबैलाई वडामा गएर नाम दर्ता गराउन वा नबिकरण गराउन अनुरोध छ । साथै सम्पूर्ण वडा कार्यालयहरुलाई पनि यसै सूचनाअनुसार गर्नु र गराउन अनुरोध छ । यस सम्बन्धमा थप जानकारी लिन चाहने लाभग्राहीले काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा कार्यालय समय भित्र वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक विकास बिभाग बबरमहल, काठमाडौ