प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५५ ले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनु पर्दछ ।
यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५÷०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका) मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भाद्र १७ गते (भाद्र ३ गतेबाट १५ दिनभित्र) मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनु हुन अनुरोध गरिन्छ । ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ ।
यो सूचनाको ख्याल नगरी दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।
काठमाडौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय राजस्व विभाग