फागुन २३ बाट काठमाडौं महानगरमा कोविड १९ रोग विरुद्धको खोप अभियान Previous Post
भोलिबाट काठमाडौंमा मेयर कप क्रिकेट सुरु हुने ः विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख पुरस्कार
_1614935897.jpg)
खेल सञ्चालन गर्न गएको माघ २० गते क्रिकेट संघसँग महानगरको सम्झौता
काठमाडौं । भोलिबाट कीर्तिपुरको क्रिकेट खेलमैदानमा मेयर्स कप क्रिकेट सुरु हुने भएको छ । ५० ओभरको प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फागुन २९ गते सम्पन्न हुने प्रतियोगिताका लागि प्रायः टीमको घोषणा भइसकेको छ ।
काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा खेल सञ्चालन हुनेछ । पाँच टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आज महानगरमा आयोजना गरिएको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा यस सम्बन्धि जानकारी दिइएको हो ।
प्रतियोगितामा सहभागी खेलाडीले म्याच फी स्वरुप खेलको दुई हजार रुपैयाँ पाउनेछन् । संघले खेलाडीहरुलाई खाने बस्ने व्यवस्था गर्नेछ । प्रतियोगिताका लागि करीब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्नेछ । गएको माघ २० गते यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
चन्द्रमणि भट्टराई
Follow Our Author
No social network is added for the current author