खुल्लामञ्चमा राखिएका निर्माण सामाग्री र भौतिक संरचना हटाउँदै काठमाडौँ महानगर

दरवार हाइस्कूल निर्माणपछि हस्तान्तरण भइसकेको छ, वीर अस्पताल निर्माणको ९० प्रतिशत काम सकियो


माघ ३०
काठमाडांंै । खुलामञ्चमा राखिएका निर्माण सामाग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाएर काठमाडौं महानगरले खाली गराउने भएको छ । यस अघि दरवार हाइस्कूल सञ्चालनका लागि अस्थायी टहरा, स्कूल निर्माणका सामाग्री र वीर अस्पताल निर्माणका लागि सामाग्री राखिएको थियो । अहिले यी दुवै भवन निर्माणको अन्तिम चरणमा पुगेकोले ठाउँ खाली गराउन दुवै निकायलाई आग्रह गरिसकिएको छ ।

‘२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय महत्वका सरकारी भवन निर्माण र पुननिर्माणका लागि सहयोग गर्नु महानगरको दायित्व थियो । निर्माण सामाग्री सडकमै राखेर काम गर्दा झन् अस्तव्यस्त हुने भएपछि खुल्ला मञ्च दिइएको थियो । अहिले ती संरचना निर्माण सम्पन्नताको चरणमा छन् । यसकारण त्यहाँ भएका संरचना र सामाग्री हटाउन भनेका छौं ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ —कोभिड – १९ को महामारीकाकारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइ सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको छन् । त्यसको चौतर्फी समस्या छ । यसप्रति महानगरपालिका सचेत छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भन्नुहुन्छ — ‘हामी छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने प्रयासमा लागेका छौं ।’

पछिल्लो समयमा हुने गरेका राजनीतिक कार्यक्रम सडकमै मञ्च बनाएर सञ्चालन हुन थालेका छन् । ठूला – ठूला सभाले सवारी आवागमन अस्तव्यस्त बन्ने गरेको छ ।

भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ । ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ ज्ञवालीले योजना सुनाउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले ठेकेदार कम्पनीले दिएको प्रतिवेदन उल्लेख गर्दै भन्नुभयो, ‘वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामाग्री राखेर काम गर्न सकिने रहेछ भने त्यसमा पहल गर्नेछु ।’

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीकाअनुसार निर्माणको काम गर्ने केही कामदार त्यहीँ बसिरहेका छन् । ‘मैले ठेकदारसँग छलफल गरिसकेको छु । कोभिडकाकारण बजेट निकासामा भएको ढिलाइ समस्या थपिएको हो । पार्किङ क्षेत्र भने एक हप्ता भित्रै खाली गर्न तयार छौँ ।’

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत