रगत व्यवस्थापनमा कमजोरी कायमै

चन्द्रमणि भट्टराई
चैत्र १२

काठमाडौँ । रक्त व्यवस्थापनमा कमजोरी कायम रहेको जनाउँदै स्वयमसेवी रक्तदाता समाजले, अभावमा परेकालाई सहज रगत उपलब्ध गराउनु पर्ने माग दोहो¥याउँदै आएको छ । नेपालमा सवैभन्दा बढी पटक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले अगुवाई गर्नुभएको समाजले — निशुल्क रगत व्यवस्थापनमा वकालत गर्छ ।

रक्तदान गर्ने मानिसको संख्या वृद्धि गर्ने कामलाई लक्ष्य बनाएर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने क्रममा समाज अहिले जिल्ला शाखा विस्तारमा लागेको छ । यसैक्रममा आइतबार पर्वत जिल्ला पुगेर नीरबहादुर फकामीको अध्यक्षतामा १३ सदस्यीय पर्वत जिल्ला शाखा गठन गरियो । सो अवसरमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भन्नुभयो, “रगतको विकल्प छैन, यसलाई सुलभ उपलब्धतामा पु¥याउन दवावमुलक कार्यक्रम आवश्यक छ, यसलाई संस्थागत गर्न देशभरि जिल्ला शाखा गठन भइरहेका छन् । केन्द्रीय अधिवेशनबाट शशक्त बनाउँछौं ।”

पर्वतको कुस्मामा आयोजित रक्त व्यवस्थपन सम्बन्धी प्रशिक्षणमा अध्यक्ष कर्माचार्यले — रगत व्यवस्थापनमा जिम्मेबार हुनु पर्ने अधिकारीको जवाफदेहिता कमजोर रहेको आरोप लगाउनु भयो । गाउँ होस् या सहर, चाहे भौगोलिक रुपमा फरकपन तर रगत प्राप्त गर्ने विधि सजिलो हुनुपर्छ । यसका लागि आफूले लडिरहने उहाँको भनाइ थियो ।

पर्वत जिल्ला शाखा गठनसँगै समाजका २३ जिल्लामा शाखा पुगेका छन् । आउँदो वैशाख १७ र १८ गते काठमाडौंमा समाजको केन्द्रीय अधिवेशन हुँदैछ । यस अधिवेशनबाट १७ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ ।

यसमा तपाइको मत