काठमाडौं मेयर्स कप, क्रिकेट प्रतियोगिताका लागि क्रिकेट संघलाई महानगरको सहयोग

पहिलो प्राथमिकता पूर्वाधार हो, त्यसपछि खेलकुदमा लगानी बढाउँर्दै लगेका छौं — मेयर शाक्य


काठमाडौं । काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा दुई पक्षविच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भयो । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि कार्यक्रममा बोल्दै प्रमुख शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार भएको बताउँदै खेलकुदमा क्रमश लगानी बढाउँदै लगेको बताउनुभयो । ‘राष्ट्रिय खेलाडीको मनोबल बढाउन र अन्तरराष्ट्रिय खेलाडी नेपाल आउँदा यहाँको भव्यता महसुस गराउन महानगरले गएको साफमा सहयोग गरेको थियो ।’ मेयर शाक्यले भन्नुभयो — ‘हामीले ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख रुपैयाँ, वी डिभिजनलाई जनही ६ लाख रुपैयाँ र सी डिभिजनलाई ४ लाख सहयोग गरेका छौं । महानगरसँगै देशको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको हो ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएको बताउनुभयो । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले संघलाई सहयोग गरेका हौं । ज्ञवालीको भनाइ थियो ।

नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तरराष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ । समारोहमा संघका अध्यक्ष चन्दले भन्नुभयो — ‘यस बर्ष महानगरले लगानीलाई अर्को बर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौं ।’

महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार संघलाई सम्झौताबमोजि २ चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । यस रकमबाट आउँदो चैत्र मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत