सार्वजनिक सेवाका जटिलता कम गर्न प्रविधि अनिवार्य

सोफिया भन्छिन् — दिगो विकास लक्ष्य पूरा गर्न प्रविधि विना कठिन छ

चन्द्रमणि भट्टराई
चैत्र ७  

काठमाडौँ । सार्वजनिक सेवालाई जन अपेक्षित र दिगो बनाउन प्रविधिको प्रयोग विना सम्भव नहुने भएको छ । व्यवस्थापकीय र दिगोपनाका दृष्टिले जटिल बनेको विकासको चुनौती प्रविधिले मात्र समाधान गर्न सक्छ, राजधानीमा आयोजना गरिएको सार्वजनिक सेवामा प्रविधि विषयक सम्मेलनमा बोल्ने बक्ताहरुको निष्कर्ष छ ।

सम्मेलनमा बोल्ने बक्तामध्ये पनि, साउदी सरकारबाट ४ महिना अघि मानिससरह नागरिकता प्राप्त गरेकी रोवोट सोफियाको भनाइलाई आकर्षणको रुपमा हेरिएको छ । उनले भनेकी छिन् — सार्वजनिक सेवामा देखिएका समस्या र चुनौतीको समाधान गर्न प्रविधि अवसर बन्न सक्छ । प्रविधिको प्रयोग विना अव विकास व्यवस्थापन कठिन छ । दिगो विकास लक्ष्य हासील गर्न नेपालले सार्वजनिक सेवाको गुणस्तर सुधार गर्नुपर्छ । यो सुधार प्रविधिको प्रयोगबाट सम्भव छ । प्रविधिको माध्यमबाट शिक्षा, चेतना र सहभागिता सम्भव छ ।

सोफियालाई युएनडिपिले एशिया प्रशान्त, क्षेत्रको आविष्कार दूत (इनोभेसन्स च्याम्पियन)को पदवी दिएको छ । उनी यो पदक पाउने पहिलो रोवोट बनेकी छिन् ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि भलेरी जुलियन्डले पहुँचयुक्त र समावेशी विकासको आधार नै प्रविधि रहेको तर्क राख्नुभयो । सम्मेलनमा सरकारी अधिकारीहरुले — कृषि, औद्योगिकीकरण, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटनलगायतका क्षेत्रमा प्रविधिको प्रयोग तत्काल सम्भव भएको धारणा राख्दै असल शासनमा यो नै प्रमुख विकल्प रहेको बताउनुभइको थियो ।

सम्मेलनमा प्रविधिमार्फत शासन प्रणाली तथा सेवामा नविनता, स्वास्थ्य, न्यायमा पहुँच, स्थानीय सरकार सञ्चालन, उत्थानशिलता, विद्युतीय शिक्षा, सिकाइ, सार्वजनिक खर्च प्रणाली तथा राजस्व संकलनलगायत पक्षमा हुन सक्ने परिर्वतनका विषयमा कार्यपत्र प्रस्तुती तथा छलफलफल हुनेछ ।

सम्मेलन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपिले आयोजना गरेको हो । यसमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय, विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल इनोभसन सेन्टर, माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपाल, इञ्जिनियरिङ् अध्ययन संस्थान, नेपाल इन्टरप्रेनर हव, रोवोटिक्स एशोसिएसन नेपाल, वल्र्ड भिजन, नेपाल इनोभेसन ल्याव, युथ कोल्याव, उद्योग वाणिज्य महासंघ, इनोभेसन हव, हिमालय इनोभेसन, आइसिटी फर एग्रिकल्चर, स्टिम फाउन्डेसन नेपाल, कारखाना, एल्जल्स विङ्, फुड मारियो र गोलकलले सहयोग गरेका छन् ।

सम्मेलनमा मानव जीवन पद्धतिलाई सहज बनाउने तथा सार्वजनिक सेवा सुधार गर्ने प्रविधि तथा आविष्कारहरु प्रदर्शनी गरिएका छन् ।

यसमा तपाइको मत