नासफः सत्तल जीर्णोद्धार सुरु : मेयर शाक्यबाट बिहीबार शिलान्यास Previous Post
महानगरले धेरै पक्षमा सुधारका काम गरेको छ तर लक्ष्य पूरा गर्न कर्मचारीबाट अझ सहयोग आवश्यक छ — मेयर शाक्य

स्थानीय तह कर्मचारी युनियनसहित ३ वटा कर्मचारी संघ संस्थाले मेयर शाक्यसँग माग पत्र पेश
काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको समृद्धि र सेवा सन्तुष्टिका लागि अझै प्रयास गर्नु पर्ने बताउनुभएको छ । आज सभा गृहमा स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल सफाई श्रमिक संघ र नेपाल यातायात मजदुर संघले कर्मचारी समायोजनलगायतका विषयमा दिएको माग पत्र बुझ्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो ।
‘हामी निर्वाचित भएर आउनुअघिको अवस्थाभन्दा अहिले धेरै सुधार भएको छ । तर, चित्त बुझाउने अवस्था आएको छैन । जनप्रतिनिधि र कर्मचारी मिलेर अझै काम गर्नुपर्छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘कर्मचारीबाट साथ पाएको छु । तर मेरो लक्ष्य पूरा गर्न अझै सक्रियताको अपेक्षा गरेको छु ।’
कर्मचारीका मागका बिषयमा कुरा गर्दै उहाँले भन्नुभयो — ‘कार्यालयमा नयाँ कर्मचारी भर्ना गरिएको छैन । सरसफाइलगायत कुनै पनि सेवाका कर्मचारीलाई सेवाबाट बञ्चित हुने वातावरण आउन दिन्न । म निर्वाचित भएर आएपछि कुनै पनि कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिइएको छैन । महानगरले सञ्चालन गरेका कार्यक्रम बार्षिक नीति तथा कार्यक्रम र कार्यपालिकाको बैठकले गरेका निर्णयअनुसार भएका छन् । यसबाट जनप्रतिनिधि र कर्मचारी सबैको भलो हुन्छ ।’
त्यस क्रममा युनियन महानगर इकाईका अध्यक्ष शिवजी भट्टराईले स्थानीय सेवामा रहेका कर्मचारीको समयोजन गरिदिएर प्रोत्साहित गरिदिन आग्रह गर्नुभएको थियो । यसै गरी सफाइ श्रमिक संघका अध्यक्ष योगेश के. सी. ले फोहोर व्यवस्थापनका काम निजी क्षेत्रमा जाने हल्लाले आफूहरुको पेशामा असुरक्षा महसुस भएको बताउनुभएको थियो ।
माग पत्र बुझाउने क्रममा केन्द्रीय अध्यक्ष नरबहादुर साउद, महासचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष बाबुकृष्ण पाठकसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
युनियनले राखेको ५ बुँदे माग पत्रमा फोहोरमैला व्यवस्थापनमा ठेक्का प्रथाको अन्त्य, कर्मचारी समायोजन, अस्थायी र करार कर्मचारीको स्थायित्व, संगठन संरचनाका लागि अध्ययन तथा अनुसन्धानका आधारमा काम र पदसोपानलगायतका बुँदा समेटिएका छन् ।
मेयर शाक्यसँगको भेटपछि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई समेट माग पत्र बुझाइएको थियो ।
Tags
#LLEUN
चन्द्रमणि भट्टराई
Follow Our Author
No social network is added for the current author