बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो

उत्पादनशिलता घटाउँदै, खर्च बढाउँदैछ बायु प्रदुषण

चन्द्रमणि भट्टराई
बैशाख २०

काठमाडौँ । व्यक्तिको उत्पादनशिलता घटाउँदै र खर्च बढाउँदै लाने वायु प्रदुषणका प्रभाव रोक्न अहिले कदम अघि बढाउनु पर्ने सरोकारवालाले खाँचो देखाएका छन् । अंग्रेजी महिनाको अप्रिल ३० तारिखदेखि मे महिनाको ५ तारिखसम्म मनाइने वायु गुणस्तर सचेतना सप्ताहका अवसरमा, विहीबार राजधानीमा फुलव्राइट अल्मुनाइ एशोसिएशनले आयोजना गरेको जीवन्त सहरका लागि वायु प्रदुषणको प्रभाव विषयक लेक्चर सिरिजमा यस्तो खाँचो देखाइएको हो ।

सो सन्दर्भमा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले, मुटुमा देखिने समस्यामध्ये औसत करीव २० प्रतिशत समस्या वायु प्रदुषणले बढाएको बताउनु भयो । वायुको वाह्य प्रदुषणबाट मानिसमा पर्ने प्रभाव जत्ति जटिल त्यो भन्दा बढी जटिल समस्या घरभित्रैबाट उत्पादन हुने वायुमा छ । त्यसैले हिँड्दा मात्र होइन, घरभित्रै बस्दा पनि सावधानी अपनाउनु पर्छ । डा. कोइरालाको सुझाव थियो । कार्यक्रमका बक्ताका रुपमा रहनुभएका अन्य वक्ताहरुमध्ये — वातावरण विभागका वातावरण इन्स्पेक्टर गोविन्दप्रसाद लामिछानेले — स्वच्छ वातावरणमा बस्न र बाँच्न पाउने नागरिकको मौकिल हक सुनिश्चित गर्न कानुन निर्माण हुने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

मानव मृत्युका कारणमध्ये वायु प्रदुषणले १० प्रतिशत योगदान गरिरहेको छ । यसबाट हुने मानव स्वास्थ्य समस्यामा हृदयाघात, पक्षाघात, रक्तचापको गडवढी, फोक्सोको क्यान्सरजस्ता दीर्घ र धेरै खर्च हुने रोग पर्छन् भने यसै कारण अन्न तरकारी तथा अन्न बाली उव्जनीमा कमी आउन थालेको, वातावरणमा समस्या थपिएको, जवारको जीवन कष्टकर बन्दै गइरहेको छ ।

वायु प्रदुषण वहुपक्षीय प्रभाव राख्ने विषय हो । यसका समस्या सहभागितामूलक पद्धतिबाट समाधान गरिनुपर्छ । कार्यक्रममा इसिमोडको प्रतिनिधित्व गर्दै बायु प्रदुषण र स्वास्थ्य सम्बन्धका अनुसन्धानकर्ता डा. अनोभा गुरुङ्ले नागरिक सचेतनादेखि नीति निर्माणसम्ममा काममा एकीकृत कार्यक्रम, समन्वय र बुझाइमा एकरुपता कायम हुने संयन्त्र निर्माणको आवश्यकता देखाउनु भयो ।

आफू बस्ने वातावरण कस्तो छ? वा बाहिर निस्कँदा कस्ता खालका खावधानी अपनाउनु पर्छ? जस्ता सूचनामा नागरिकको सहज पहुँच भयो भने प्रदुषणबाट बच्न सजिलो हुने बताउँदै विधिका क्रियटिभ डाइरेकटर निश्मा अधिकारीले, सफा हावाको अवस्था बारे नागरिकलाई थाहा दिन आफूहरुले मोवाइल एप्लिकेसनमार्फत काम गरिरहेको जानकारी दिनुभयो

छलफलमा वायु प्रदुषणले जनस्वास्थ्य, विकास र वातावरणमा कसरी प्रभाव पार्छ । त्यस प्रकारको प्रभाव न्युनीकरण गर्न कसको के भूमिका हुन्छ? भन्ने विषयमा केन्द्रीत थियो ।

सन् २०१६ मा गरिएको ग्लोवल वर्डन अफ डिजिज स्टडीअनुसार विश्वमा मानव मृत्युका कारणमध्ये वायु प्रदुषणले १० प्रतिशत योगदान गरिरहेको छ । यसबाट हुने मानव स्वास्थ्य समस्यामा हृदयाघात, पक्षाघात, रक्तचापको गडवढी, फोक्सोको क्यान्सरजस्ता दीर्घ र धेरै खर्च हुने रोग पर्छन् भने यसै कारण अन्न तरकारी तथा अन्न बाली उव्जनीमा कमी आउन थालेको, वातावरणमा समस्या थपिएको, जनावरको जीवन कष्टकर बन्दै गइरहेको छ ।

बायु प्रदुषण हुने आन्तरिक र वाह्य कारण, यसबाट हुने असर र सम्भावित खतरा न्युनीकरणका उपायमा सचेतना बढाउने उद्देश्यले अहिले सचेतनाका सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन् । वायु प्रदुषणको अवस्था विकासको मापन सूचक पनि हो । यसले प्राणीको जीवन यापनका हरेक क्षणसँग सम्बन्ध राख्छ । त्यसैले यो दिगो विकास लक्ष्यका सूचकसँग पनि सम्बन्धित छ । यस बर्षको नारा एअर क्लालिटी व्हेर यु आरः द प्याराडक्स अफ लिभेवल सिटी रहेको छ ।

यसमा तपाइको मत