औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कार्यक्रममा जुट्दै युएस अल्मुनाइ

तदर्थ समितिसँगै ४ वटा विषयगत कार्य समिति गठन

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूताबास तथा यएस डिपार्टमेन्ट अफ स्टेटको सहयोगमा नेपालबाट अमेरिका पुगेर फर्केका सहभागीहरुले औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कामको थालनी गर्ने भएका छन् । अल्मुनाइहरुको वुधबार राजधानीमा सम्पन्न भेलाले स्मृति ढुङ्गानाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरी कामको थालनी गरेको हो ।

सोही भेलाले यस बर्ष आयोजना गरिने विषयगत कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न ४ वटा कार्य समिति समेत गठन गरेको छ । जसमा विपद् क्षति न्युनीकरण समितिको संयोजकमा चन्द्रमणि भट्टराई, महिला उद्यमशिलतामा नरोत्तम अर्याल, पारदर्शिता जवाफदेहितामा सरोज विष्ट र क्षेत्रीय आर्थिक सम्बन्धमा जननारायण पराजुली चयन हुनुभयो । यी समितिहरुले यस अघि स्वीकृत प्रस्तावका आधारमा कार्यक्रम आयोजना गर्नेछन् ।

अमेरिकी दूतावास तथा स्टेट अफ डिपार्टमेन्टले दुई दर्जनभन्दा बढी आदान प्रदानका कार्यक्रम सञ्चालन गरिरहेका छन् । ती कार्यक्रममा नेपालबाट बार्षिक औसतमा ४५ जना क्षेत्रगत व्यक्तिहरु अमेरिकाको भ्रमण गर्ने, शिक्षा तथा तालिम लिने प्रयोजनका लागि जाने गरेका छन् । यी कार्यक्रमहरु २ हप्तादेखि ५ बर्ष अवधिसम्मका छन् ।

यस अल्मुनाईमा अहिलेसम्ममा करीव २ हजार ५ सय सदस्य पुगेका छन् ।

यसमा तपाइको मत