प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरुवीच सरकारका नीति कार्यक्रममा छलफल

काठमाडौं २५ बैशाख,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्नुभएको छ । छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने विषय प्रमुख विषय बनेको थियो । सोही विषयमा बोल्दै प्रधानमन्त्री ओलीले — अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसको व्यवस्थापनका लागि बस्तीहरु हस्तान्तरण गर्नु पर्ने प्रस्ताव गर्नुभएको थियो । भू—उपयोग नीति प्रभावकारी नभएकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले यसको प्रभावकारितामा जोड दिनु भयो ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी सहभागिता हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले आजै बेलायती संसदको तल्लो सदनको प्रतिनिधि मण्डलसँग पनि भेटघाट गर्नुभयो ।

यसमा तपाइको मत