दमकल भवन निर्माण स्थलमा सार्वजनिक सुनुवाई

काठमाडौं । काठमाडौं महानगरले वडा ३ क्षेत्रमा पर्ने महाराजगञ्ज बाँसवारीमा निर्माण योजना बनाएको दमकल भवन सम्बन्धि आज सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रममा वडा २ र ४ का वडाध्यक्षसहित स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।

‘हामीले दमकल भवन बनाउने योजना र यसका सेवाका बारेमा स्थानीयलाई जानकारी दिन र योजनामा स्थानीयको सुझाव लिन सुनुवाई कार्यक्रम आयोजना गरेका हौं । यसमा हामीले सकारात्मक प्रतिक्रिया पायौं ।’ सुनुवाई कार्यक्रममा सहभागीको सुझावपछि प्रतिक्रिया दिँदै वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो — ‘वडा ३ लाई सबै प्रकारका सेवा र सुविधा भएको वडाका रुपमा विकास गर्ने क्रममा दमकल भवन निर्माण गर्न लागिएको हो । विशिष्ट पदका व्यक्तिहरु बस्ने, विशेषज्ञ सेवा दिने धेरै अस्पताल भएको, दूतावासहरुको भएको वडा हाम्रो पहिचान हो । यहाँ दमकल भवन निर्माण भएपछि महानगरका वडा २ र ४ तथा बुढानिलकण्ठ नगर क्षेत्रमा आगलागीका समयमा छिटो दमकल पठाउन सकिन्छ ।’

त्यस क्रममा बोल्दै वडा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा ४ का अध्यक्ष मोहन विष्टले विपद् व्यवस्थापनको काम सीमानाले नबाँधिएको काम भएकोले सबै मिलेर योजना कार्यान्वयन गर्नु पर्ने धारणा राख्नुभयो । आगो लागेका बेला घटनास्थलमा दमकल जति छिटो पुग्न सक्यो उति नै जनधनको क्षति कम गराउन सकिन्छ । त्यसैले यो मानवीय सेवाको काम हो । यसलाई पूर्वाधार निर्माणको काममा रुपमा मात्र बुझ्नु हुँदैन । उहाँहरुको भनाइ थियो ।

सुनुवाई कार्यक्रममा सहरी पूर्वाधार बिभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले दमकल भवनको प्राबिधिक योजनाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँकाअनुसार यो भवन २१. ५ आना जग्गामा क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । भवन ६ हजार ६२९ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । जसमा १ हजार ९२१ स्क्वायर फिटका २ वटा बेसमेन्ट हुनेछन् । २ हजार ४०१ स्क्वायर फिटको भुइँतला र ३८६ स्क्वायर फिटको छानो हुनेछ ।

भवन निर्माण स्थल भिरालो भएकोले रिटेनिङ् पर्खाल लगाउने कामसहित भवनमा १ लाख लिटर क्षमताको पानी ट््याङ्की हुनेछ । भवनमा ३ वटा दमकल राख्ने क्षमता हुनेछ । श्रेष्ठका अनुसार भवनमा १ वटा इन्चार्ज कोठा, पोशाक राख्ने, अक्सिजन राख्ने, सामान्य मर्मत गर्ने प्रयोजनका लागि ३ वटा कोठा हुनेछन् ।

भवनमा टेलिभिजन हेर्ने एउटा कोठा हुनेछ । २० जना अग्नि नियन्त्रक बस्न मिल्ने कोठाहरु हुनेछन् । । ४० जनालाई राखेर प्रशिक्षण दिन मिल्ने बैठक कोठा हुनेछ । साझा शौचालयसहित ६ वटा शौचालय हुनेछन् ।

नेपाली परम्परागत शैलीमा निर्माण हुने भवनमा सवारी पार्किङ् गर्ने, मर्मत सम्भार गर्ने र सरसफाइ गर्ने प्रणाली जडान हुनेछ ।

सुनुवाईमा सहभागीले योजनाको प्रशंशा गर्दै भिरालो जग्गा भएकोले संरचना निर्माण गर्दाका जोखिम पूर्वानुमान गर्न, निर्माण कार्यबाट वातावरणीय सन्तुलन पर्ने प्रभाव कम गराउन, त्यस क्षेत्रमा रहेको गायत्री परिवारलाई व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत