परिश्रममा आधारित राहत कार्यक्रमका लागि वडामा सम्पर्क राख्न महानगरको अनुरोध

कोभिड १९ काकारण रोजगार गुमेका र दैनिक खान नपुग्ने कार्यक्रमका लक्षित समूह


काठमाडौं । कोविड १९ को संक्रमण रोकथाम र नियन्त्रणका क्रममा रोजगारी गुमेका र दैनिक खान नपुग्ने व्यक्तिलाई परिश्रममा आधारित राहत लिन वडामा सम्पर्क गर्न काठमाडौं महानगरले सार्वजनिक सूचना जारी गरेको छ ।

कोभिड १९ काकारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ वमोजिम रोजगारी उपलब्ध गराइनेछ । परिश्रम गरेर राहत लिने व्यक्तिले वडामा गएर तोकिएको ढाँचामा फारम भरेपछि हप्ताको कम्तीमा २ दिनका दरले काम र त्यसवापत् पारिश्रमिक उपलब्ध गराइनेछ ।

महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई वडामार्फत वा सिधै आफैं पनि मानव सेवा आश्रमसँग सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ । यो आश्रम महानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको छ ।

स्वास्थ्य जोखिम, संकmमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले मंसिर २ गतेदेखि सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा वन्द गर्ने निर्णय भइसकेको स्मरण गराउँदै पर्खालले घेरिएको वा खाना बनाउन र बाँड्न उपयुक्त संरचनाभित्र स्वास्थ्य मापदण्ड परिपालना गरेर भोजन सेवा संचालन गर्न सामाजिक संघ संस्थालाई अनुरोध गरिएको छ । यसका लागि सेवा दिन चाहने संघ संस्थाले वडा कार्यालयमार्फत महानगरपालिकासँग समन्वय गर्न आग्रह गर्दै आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउने उल्लेख छ ।

काठमाडौं महानगरले, सहरलाई मानवीयताको सहर बनाउन लकडाउन हुनुअघि “भोकै कोही पर्दैन, भोकले कोही मर्दैन” र “काठमाडौ मानवीयताको नगर” नीतिअनुरुप कार्यक्रम सञ्चालन गर्दै आएको छ । लकडाउनका समयमा राहत वितरण, सामुहिक भोजन सेवा, संक्रमण नियन्त्रण तथा रोकथामका कामलाई प्राथमिक सेवाका रुपमा सञ्चालन गरेको थियो । यस कामका लागि महानगरले आफ्नो स्रोत, साधन र सामथ्र्यमा सरकारी निकाय, संघ संस्था, कार्यालय तथा समाजसेवीवाट प्राप्त भएको सहयोग मिलाएको थियो ।

कोरोना भाइरसको संक्रमण अहिले पनि यथावत छ । जनजीवन सामान्य चलिरहेको छ । यति भए पछि कोभिड १९ को प्रभाव र असर भने सवै किसिमका व्यवसाय र दिनचर्यामा कुनै न कुनै रुपमा परेको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत