प्रचारमा निस्कनेहरु, जरिवाना तिरेर फर्किए

सहरी सुन्दरता जोगाउन महानगरको प्रयास

चन्द्रमणि भट्टराई
बैशाख २४

काठमाडौँ । फुर्सदमा बसेका विद्यार्थीलाई आकर्षित गर्न प्रचार सामाग्री बोकेर सडकमा निस्किएका विभिन्न इन्स्टिच्युटका प्रतिनिधिसँगै उनीहरुले खटाएका व्यक्तिहरु आइतबार महानगरलाई जरिवाना वुझाएर फर्किए । यसइइ दिएर बसेका तथा एउटा तहको अध्ययन सकेर अर्को तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी उनीहरु तालिमका प्याकेज वितरण गर्दै थिए । यसरी प्याकेज वितरण गर्नेमध्ये थापाथलीबाट १ जना, बागबजारबाट ३ जना र बानेश्वरबाट १ जनालाई पक्राउ गरी जरिवाना गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसरी पक्राउ पर्नेमध्ये आइएइ ग्लोवल इन्स्टिच्युट बानेश्वर, विना एकेडेमी, बागवजार, लाइफ कम्प्युटर बागवजारलाई जनही पाँच पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो भने थापाथलीबाट पक्राउ परेको अन एअर मिडियालाई २ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको थियो ।

सडकमा पर्चा बाँडेर हिँड्ने, भित्ता र पोलमा पोस्टर टाँस्नेलाई महानगरले स्थलगत कारवाही गरिरहेको छ । पक्राउ परेको ठाउँमा कसैले जरिवाना तिर्न सकेन भने यसलाई वातावरण व्यवस्थापन विभाग टेकु पु¥याएर कारवाही गरिँदै आएको छ ।

यसमा तपाइको मत