कुलेश्वर महादेव परिसरमा पार्क निर्माणका लागि शिलान्यास

१ करोड २० लाख लगानी

असोज २६

काठमाडौं । आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास भउको छ । संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश संसद सदस्य डा. अजयक्रान्ति शाक्यलगायतकोे उपस्थितिमा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गर्नुभएको हो । करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको लागत करीब १ करोड २० लाख रुपैयाँ हो ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोड रुपैयाँसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । यस कामका लागि महानगरपालिकाले करीब २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । ‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो । कुलेश्वर पार्कको शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो, ‘हामी खुल्ला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वर्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’

प्रमुख शाक्यले सम्वोधनकै क्रममा अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई सचेत र सजग रहन पनि अपिल गर्नुभयो ।

वडामा भएका खुल्ला ठाउँ बचाउने प्रयास जारी छ । शिलान्यासका क्रममा वडाध्यक्ष शोभा सापकोटाले भन्नुभयो — सबै रमाउन सक्ने पार्क बनाएर जनताको जीवन शैलीलाई रमाइलो बनाउँछौं ।

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत