धरान उपमहानरपालिकाले सरकारको ध्यानाकर्षण गरायो

आवश्यक नभएका कर्मचारी हाजिर नगराउने

चन्द्रमणि भट्टराई
वैशाख १८

काठमाडौं । धरान उपपहानगरपालिकाले संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रीलाई सम्बोधन गरेर, आफूलाई आवश्यक नभएका कर्मचारी पठाए हाजिर नगराउने व्यहोराको पत्रबाट सरकारको ध्यानाकर्षण गराएको छ । वैशाख १४ गतेको मितिमा लेखिएको पत्रमा भनिएको छ — संविधानको मर्म र संविधान प्रदत्त स्थानीय सेवाको सञ्चालन गर्ने अधिकार अनुकुल नहुने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेका क्रियाकलापप्रति असहमति प्रकट गर्दै यस नगरपालिकाको सहमति आवश्यकता र औचित्य विपरीत मान्न यो नगरपालिका वाध्य नहुने र हाम्रो आवश्यकता विपरीतका कर्मचारी पठाइएमा हाजिर गराउन नसकिने व्यहोरा अनुरोध छ ।

नगर प्रमुख तारा सुव्वा सुव्वाले हस्ताक्षर गर्नुभएको पत्रमा स्थानीय सरकारसँग छलफल, सल्लाह र सहमति नगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी खटाउने, दरबन्दी तोक्ने, शाखा महाशाखाका प्रमुखका रुपमा केन्द्रकै कर्मचारी पठाउने, संगठन संरचना निर्माण गरिदिने जस्ता काम गरेर स्थानीइ सरकारलाई केन्द्रबाट नियन्त्रण गर्न खोजिएको आरोप लगाइएको छ । पत्रमा, केन्द्रबाट परिपत्र भइरहनु र काम गर्ने विषयमा निर्देशन जारी हुनु, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीयता, त्यसपछि जारी भएको संविधान र सार्बभौम संसदले जारी गरेको स्थानीय सरकार सञ्चालन ऐनको मर्म विपरीत भएको उल्लेख छ ।

यसमा तपाइको मत