सामुदायिक विद्यालयको सरसफाइ कमजोर ः भूकम्पको प्रभाव पनि जोडियो

पानी पहिलो समस्या त्यसपछि शौचालयको संख्या, सफाइ कर्मचारीको अभाव, पहिला र पुरुषको अनुपातमा संरचना नहुनु समस्या

चन्द्रमणि भट्टराई
बैशाख २०

कन्या क्याम्पसकै शौचालय वाहिरको हात धुने ठाउँ । यस धारामा न अहिले सावुन छ, न पहिले सावुन राखिएको चिनो छ । बेसनको तलतिर रातो पानीको दाग देखिन्छ । यसबाट उपलब्ध पानी स्वच्छ छैन भन्ने थाहा हुन्छ ।
काठमाडौँ । काठमाडौंं महानगरका सार्वजनिक विद्यालयमा सरसफाइ हुन नसक्नुको कारणमा पानीको अभाव पहिलो देखिएको छ । वितरण प्रणालीबाट आउने पानीका कम मात्र विद्यालयको पहुँच छ । त्यसको विकल्पमा भूमिगत पानी निकाल्नु, आकाशे पानी संकलन गर्नु या ट््याङ्करबाट खरिद गर्नुको विकल्प छैन । यसरी उपलब्ध भएको पानीको गुणस्तरको सवाल अर्को महत्वपूर्ण प्रश्न हो ।

अहिले काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा सरसफाइको अवस्था अध्ययन गरिरहेको छ । यो वैज्ञानिक अध्ययन होइन तर विद्यालयमा उपलब्ध भौतिक सुविधा, सरसफाइ प्रतिको सचेतना, शिक्षक र विद्यार्थीको व्यवहारजस्ता पक्ष हेरेर विद्यालयको क्रम निर्धारण अध्ययनको लक्ष्य हो । वातावरण विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — वातावरणीय अवस्था सुधारका प्रयास थालनी गर्न आवश्यकता पहिचान गर्ने क्रममा अध्ययन गरिएको हो । अनुगमन थालनी भएपछि आधा जत्ति सुधार विद्यालय आफैैंले गर्छन् । बाँकी सुधारमा हामी कार्ययोजना बनाउँछौं, विभागीय प्रमुख कुँवरको भनाइ छ ।

अध्ययनका ४० अङ्कमा मुल्याङ्कन गरिँदैछ । यसमा फोहोर व्यवस्थापनलाई १० अङ्क दिइएको छ भने सरसफाइलाई ६ अङ्क, हरियालीलाई ८ अङ्क, पानीको उपलब्धता र स्वच्छतालाई क्रमश ८÷८ अङ्कमा दिइएको छ ।

फोहोर व्यवस्थापनमा डस्विनको व्यवस्था, चक्लेटजस्ता साना प्लाष्टिकजन्य खोलहरुको व्यवस्था, नियमित संकलन, गल्ने र नगल्ने फोहोरको वर्गीकरण र फोहोरको पुनप्रयोगमा विद्यालयले गरेका काम हेरिन्छ । त्यस्तै सरसफाइमा कक्षा कोठाको सफाइ, सरसफाइ गर्ने औजार उपकरणको उपलब्धता, तिनीहरु भण्डारण गर्ने कक्षको व्यवस्था, विद्यार्थीहरुको विद्यालयभित्र र वाहिर सरसफाइप्रतिको व्यवहार अध्ययन गरिन्छ । स्वच्छतामा भने शौचालयको अवस्था र उपलब्धता, हात धुने बानी र यसप्रतिको सिकाइ र हात धुन सावनुको उपलब्धता जस्ता विषयमा मुल्याङ्कन हुन्छ ।

पानीको सुविधा अन्तर्गत, स्वच्छ पिउने पानीको उपलब्धता, आकाशे पानी व्यवस्थापन, ढल निकास, आकाशे तथा सतही पानीको व्यवस्थापन जस्ता पक्ष हेरिन्छ । यता हरियालीतर्फ विरुवाको अवस्था, वृद्धि, तरकारी वा अन्य वाली उत्पादन, जैविक फोहोर व्यवस्थापन जस्ता पक्ष हेरिन्छ ।

सरकारी विद्यालयमा सरसफाइको अवस्था उस्तै खालको छ, पद्म कन्या श्रोत केन्द्रका श्रोत व्यक्ति खगराज जोशी र जनप्रभात माध्यमिक विद्यालय श्रोत केन्द्रकी श्रोत व्यक्ति उमा रेग्मीको साझा भनाइ छ । पहिलो त पानी छैन, भएको पानी पनि गुणस्तरीय छैन । अर्कोतिर शौचालयको नियमित सरसफाइ देखिँदैन । यी समस्यामाथि अरु समस्या देखाउँदै श्रोत व्यक्ति जोशी भन्नुहुन्छ — भूकम्पका समयमा भत्किएका विद्यालयको भौतिक स)रचना व्यवस्थापन गर्न सकिएको छैन । पुननिर्माणका क्रममा थुपारिएका निर्माण सामाग्रीले पनि विद्यालयको सुन्दरता घटाएको छ ।

पद्म कन्या श्रोत केन्द्रबाट ९ वटा सामुदायिक विद्यालय हेरिन्छ । यसमा वडा नं. २९ का पद्म कन्या र विजय स्मारक, वडा नं. २८ का पद्मोदय र सहिद शुक्र, वडा नं. २७ का दरबार हाइ स्कूल, भानु मा. वि. र त्यौड मा. वि. र वडा नं. ३० को ज्ञान विकास आधारभूत विद्यालय छन् । यीमध्ये दरबारह हाइ स्कूल र भानु मा. वि आफैं टहरामा छन् । यिनीहरु कक्ष नै अव्यवस्थित हुँदा शौचालय व्यवस्थित हुने कुरै भएन । श्रोत व्यक्ति जोशी बताउनुहुन्छ ।

यता वडा नं. १३ को जनप्रभात माद्यमिक विद्यालय श्रोत केन्द्र भएर हेरिने विद्यालयहरुको पनि साझा समस्या छन् । श्रोत व्यक्ति रेग्मी भन्नुहुन्छ — पहिलो समस्या भनेको शौचालय र पानी नै हो ।

महानगरमा ९४ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालय ११ वटा श्रोत केन्द्रमार्फत व्यवस्थापन हुँदै आएका छन् । महानगरकी उपनिर्देशक सरस्वती पोख्रेल भन्नुहुन्छ — हामी महानगरकै शिक्षा विभागसँगको समन्व्यमा काम गरिहरको छौं । वैशाख महिलनाभित्र यी सवै विद्यालयको तथ्याङ्क आउँछ, त्यसपछि सुधारका थप काम गर्नेछौं ।
यसका लागि जाइकामार्पmत स्वयम्सेवकहरुले काम गर्दै आएका छन् । सामुदायिक विद्यालयको अवस्था सुधारका लागि सन् २०१३ देखि महानगरसँग जाइका स्वयम्सेवक आवद्ध छन् ।

यसमा तपाइको मत