महानगरले सञ्चालन गरेको मेट्रो एफ. एम. ले २१ औं बार्षिकोत्सव मनायो

राष्ट्रिय संकटका बेला सञ्चारको ठूलो भूमिका हुन्छ — प्रमुख प्रशासकीय अधिकृत अर्याल

असोज १

काठमाडौं । काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जले आज २१ औं बार्षिकोत्सव मनाएको छ । कोविड १९ का कारण सीमित सहभागीकाबीच ‘मेट्रो स्मारिका’ सार्वजनिक गर्दै बार्षिकोत्सव मनाइएको हो ।

देशलाई संकट परेको बेला सञ्चारको ठूलो भूमिका हुन्छ । यसले दिने सूचना र जानकारीले सरकारका काममा ठूलो सघाउ पुग्छ । कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — ‘आलोचनात्मक चेतको प्रयोग गरेर जनताको लाभ हुने खोजमुलक बिषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बेला आएको छ । काठमाडौं महानगरका हरेक गतिबिधिले अरुलाई बाटो देखाउनुपर्छ । अब महानगरको सञ्चार सञ्जाललाई विस्तार गर्ने सोच राखेर अघि बढ्नु पर्ने बेला आएको छ । इलामको सिकाइ जुम्लाले र डडेल्धुराको सम्भावना काठमाडौंले चाल पाउनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो — ‘काठमाडौं उपत्यकाका नगरबीच सञ्चार साझेदारी सुरु गरेर यसलाई विस्तार गर्ने अहिले महानगरले लिएको सोच हो । यसमा अरु स्थानीय तहका अनुभव र क्षमता ग्रहण हुनेछ ।’

महानगरले सञ्चार अभ्यास गरेको समय हिसाब गर्दा थुप्रै बर्ष कटेको देखिन्छ । तर, यसको संस्थागत व्यवस्थापनमा ठोस काम गर्न सकिएन । अब यसलाई आकार दिइनेछ । कार्यक्रममा बोल्दै महानगरका प्रवक्ता एवं सूचना प्रबिधि समितिका संयोजक ईश्वरमान डंगोलले भन्नुभयो — सञ्चारको विकल्प छैन । यसबाट अधिकतम लाभ लिने बिषयमा योजना हुनेछ ।

त्यस क्रममा बोल्दै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो — ‘जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सार्वजनिक महत्वका सूचना तथा जानकारी प्रसारण गर्न मेट्रो एफएमसँगको साझेदारी अघि बढाइनेछ ।’ ‘महानगरले सञ्चालन गरेको आमसञ्चार माध्यमबाट प्रकाशन, प्रसारण भएका सामाग्रील बाट कति दर्शक, श्रोता र पाठकले लाभ लिनुभएको छ । यसका बिषयमा अब सर्वेक्षण गर्नुपर्छ । त्यसपछि सुधारको योजना बनाएर अत्याधुनिक प्रविधियुक्त बनाउनुपर्छ ।’ कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको भनाइ थियो ।

२०५६ साल असोज १ गते स्थापना भएको एपmएमले सहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको बार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा आफ्ना बिषय छनौट गर्छ । एफएमबाट नेपाल, नेपाली, तामाङ्लगायत बिभिन्न भाषामार्फत समाचार र समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । २० जना पत्रकार/सञ्चारकर्मी रहेको रेडियो बिहान साढे ५ बजे देखि बेलुका १० बजे सम्म दैनिक साढे १६ घण्टा सञ्चालन हुन्छ । रेडियो स्थापनाको पृष्ठभूमिको बिशेष महत्व छ । सूचना प्रबिधि बिभागका प्रमुख नरेन्द्रबिलास बज्राचार्यकाअनुसार महानगर अहिले यसको क्षमता विस्तारका क्रममा छ ।

तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गर्नुभएको एफएम सेवा प्रारम्भिक समयमा १०६ दशमलव ७ मेगाहर्जमा प्रसारण हुने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रसारण हुने यस एफएमलाई श्रोताको नजिक पु¥याउन मेगाहर्ज परिवर्तन गरेर ९४ विन्दु ६ मेगाहर्ज बनाइएको हो ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत