खरिद बिक्री बिल बिना नै खाद्यान्न होलसेल

मैले गल्ती गरेको हो, तर कसैको हत्या नै गरेको होइन, सुध्रिने मौका दिनोस् — व्यवसायी


भदौ २९
काठमाडौं । काठमाडौं महानगरको वडा १६ बनस्थलीमा खरिद र बिक्री बिल बिना नै खाद्यान्न होलसेल पसल सञ्चालन भएको भेटिएको छ । बनस्थली चोकबाट शुरु हुने सिद्धिचरण सडकमा यदुप्रसाद शर्माले सञ्चालन गरेको खाद्यान्न र तेलजन्य बस्तुको होलसेल पसल यस्तो भेटिएको हो । सटरहरु बन्द थिए । प्यासेजको ढोकाबाट मानिसहरु चामलका बोराहरु ओरारिरहेका थिए । व्यापारको परिचय खुल्ने कुनै बोर्ड वा परिचय पाटी थिएन । पसलमा दर्ता प्रमाण पत्र थिएन । खरिद बिक्री बिल थिएन । महानगरको उपभोक्ता हित संरक्षण समितिले सोमबार गरेको अनुगमनका क्रममा सञ्चालन यदुप्रसाद शर्मा भन्दै हुनुहुन्थ्यो — मैले गल्ती गरेको हो । मान्छे नै मारेको अपराध गरेको छैन । सुधार गर्ने मौका दिनोस् ।

मैले भर्खर २०० कार्टुन तेल लिएँ । गाडीमा मानिसहरु आएका थिए । उनीहरुले बिल दिएनन् । मैले मागिन । दशा लागेपछि यस्तै हुने रहेछ । अब म यस्तो गल्ती गर्दिन । बिलबिना खरिद गरिएका तेलका कार्टुनहरु भ¥याङ्मा खात लगाएर राख्नुभएको छ । अनुगमन टोलीसँग शर्माको आग्रह थियो — तपाईँहरुले दिनुभएका सबै निर्देशन मान्छु । सुध्रिने मौका दिनोस् । उहाँले यसरी व्यापार गरेको ९ बर्ष भयो । उहाँको पसलमा सुनौलो किरण ब्राण्डका ११ प्याकेट र अमृत व्राण्डका ४ प्याकेट म्याद गुज्रेका तेल पनि भेटियो ।

घर व्यवसायी आफैंको हो । माथिल्लो तलमा आफू बस्ने र तल्लो तलाका सबै कोठामा खाद्य सामाग्रीको भण्डारण गरेर होलसेल व्यापार हुँदै आएको छ । टोलीले व्यापारीलाई महानगरमा सम्पर्क गर्न आउने र बिधि पुगेपछि मात्र व्यापार शुरु गर्ने गरी सटर बन्द गरेर छोड््यो ।

वडा १५ को शान्तिनगर चल्चामार्गमा रहेको एशियन मार्टमा म्याद गुज्रेका खाद्य र उपभोग्य बस्तुको ठूलो परिमाण थियो । मार्टका सञ्चालक विवेक बस्नेत भन्दैहुनुहुन्थ्यो — करीब १० लाख मूल्य बराबरका सामान छुट््याएर राखेको छु । काम गर्ने मानिस आउन सक्दैनन् । करीब ६ महिना भयो । सामान व्यवस्थापन गर्न पाइएको छैन । कम्पनी सम्पर्कमा आएका छैनन् । उहाँले यसो भनिरहँदा फ्रिजमा राखिएका पेय पदार्थ र डिस्प्लेमा म्याद गुज्रिएका खाद्य तथा अन्य उपभोग्य बस्तु थिए । यस्तो कसरी भयो? अनुगमन टोलीको प्रश्नमा आफ्नो वचाउ गर्दै सञ्चालक बस्नेतले भन्नुभयो — नभ्याएर हो । यी सामान हामी बेच्दैनौं ।

अनुगमन टोलीले १० दिनमा म्याद गुज्रेका सामान छुट््याएर त्यसको विवरण महानगरमा पेश गर्ने, त्यस अघि व्यापार बन्द गर्ने निर्देशन दिएर छोडेको छ, कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आज म्हेपी, बालाजु, स्वयम्भूलगायत स्थानमा गरिएको खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा हार्डवेयर पसल सञ्चालकले ग्याँस र चामल बेच्दै गरेको, उत्पादन र उपभोग्य मिति तथा उत्पादकको पहिचान नभएका प्याकेटका खाद्य बस्तु बेच्ने गरेको, खाद्य र अखाद्य बस्तु सँगै बेच्न राखिएको, ढक तराजु अद्यावधिक नगरेको, दर्ता र नविकरण नियमित नभएको जस्ता साझा समस्या देखिएको कृषि बिभागका प्रमुख भण्डारीको भनाइ छ ।

व्यापार चक्रका हरेक ठाउँमा उपभोक्ता ठगिने ठाउँ छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — अनुगमन गर्ने निकाय धेरै छन् । तर, यसबाट आउने परिणाम भने चित्त बुझ्ने खालका छैनन् ।

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारी, नगर प्रहरीसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

Tags

#Market
चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत