आज महानगरमा ८०० जनाको स्वाब संकलन हुँदै

भदौ २४ गतेसम्ममा १० हजार २७५ जनाको कन्ट्याक्ट ट्रेसिङ्गबाट परीक्षण गर्दा ४३१ जनामा कोरोना पोजेटिभ

भदौ २६

काठमाडौं । आज काठमाडौं महानगरका ८ वटा वडाबाट ८०० जनाको स्वाब संकलन हुँदैछ । कोरोनाको सक्रमणमा रहेका बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव लिन लागिएको हो । यसमा वडा ३ बाट ६० जना, ७, ८ र ९ बाट २२० जना, वडा १२ बाट १५० जना, १५ बाट ९० जना, १६ बाट २१० जना र २९ बाट ७० जनाको स्वाव लिइनेछ । जनस्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवरकाअनुसार भदौ २४ गतेसम्ममा महानगरका कोभिड १९ बाट संक्रमित भएका व्यक्तिको संख्या ४ हजार ५१२ पुगेको छ । यसै गरी १० हजार २७५ जनाको कन्ट्याक्ट ट्रेसिङ्गबाट परीक्षण गर्दा ४३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

२४ गतेको तथ्याङ्कअनुसार १ हजार ३२८ जना होम आइसोलेसनमा, ३६२ जना अस्पतालमा, १ हजार १२५ जना संस्थागत आइसोलेसनमा हुनुहुन्छ । सक्रिय संक्रमितको संख्या २ हजार ८१५ रहेको छ भने ३१ जनाको मृत्यु भइसकेको छ ।

निको भएर फर्कनेको संख्या १ हजार २४१ रहेको छ भने ४२५ जनाको विवरण खुलेको छैन ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत