बरु, आमाहरुमा विद्यार्थी गुण

वेकरी तालिम लिने महिला भन्छन् — अव व्यवसाय गर्ने हो

चन्द्रमणि भट्टराई
बैशाख ६

काठमाडौँ । काठमाडौंका महानगरपालिका वडा नंं ३० ज्ञानेश्वरस्थित मिड भ्याली कलेजको माथिल्लो तलामा स्थानीय महिलालाई वेकरी तालिम दिइरहेका मेघराज पौडेलले — क्याम्पस पढ्न आउने विद्यार्थीसँ आमा विद्यार्थी दाँज्दा, विद्यार्थीमा हुनु पर्ने गुणका हिसावले आमाहरु अव्वल रहेको प्रतिक्रिया दिँदै थिए । १८ २० बर्षे विद्यार्थी पढाइमा भन्दा अरु कुराका ध्यान दिन्छन् । सैद्धान्तिक कुरा पढेपछि आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्ठान्छन् । आमाहरु त ध्यान दिएर कुरा सुन्नुहुन्छ । मिहनेत गरेर सामान तयार पार्न तथा पकाउन सिक्नुहुन्छ, प्रशिक्षक पौडेलले अनुभव सुनाउनु भयो ।

यहाँ वडा नं. ३० का आर्थिक र कलेजको प्राविधि सहयोगमा वेकरी तालिम चलिरहेको छ । तालिममा सहभागी २६ जना महिलामध्ये १३ जना विहान सिक्नुहुन्छ, १३ जना दिउँसो । उहाँहरुलाई सिक्न सजिलो होस् भनेर २ समूह बनाइदिएका हौं । मलाई लाग्छ, यो सिकेपछि कति दिदी वहिनीले त वेकरी सप नै खोल्नुहुन्छ होला, वडाध्यक्ष दलबहादुर कार्कीको अपेक्षा छ । तालिममा व्रेड, दुनोट, कप केक, वर्ड थे केक, कुकिज, पेस्टिजलगायत वेकरीका परिकार बनाउन सिकाइँदैछ । तालिममा सहभागी शान्ति जोशी — व्यवसाय गर्ने आँट पलाएको प्रतिक्रिया दिनुहुन्छ भने अर्की सहभागी रश्मी खड्गी — पहिले घरमा बनाएर छिमेकीलाई खुवाउने, उनीहरुबाट राम्रो प्रतिक्रिया आयो भने व्यवसायतिर लाग्ने प्रतिक्रिया दिनुहुन्छ ।

यस अघि वडाले कौसी तरकारी खेती तालिम सम्पन्न गरिसकेको छ । वडामा स्थानीय गैरसरकारी संघ संस्था पनि छन् । तिनीहरुको परिचालनसँगै वडा आफैंले कार्यक्रम गर्दा बढी लाभ हुन्छ । जनप्रतिनिधिहरुको भनाइ छ ।

यसमा तपाइको मत