महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ््यक्रम ः संस्कृति र पहिचान सिकाउने लक्ष्य

शिक्षा समितिको बैठकले पाठ््यक्रम स्वीकृत गरेपछि यसैका आधारमा पाठ््य पुस्तक तयार हुनेछ

साउन १३

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पाठ््यक्रम लागू गर्ने भएको छ । सबै (संस्थागत र सामूदायिक) विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ््यक्रम अध्ययन गर्नुपर्नेछ ।

काठमाडौँ महानगरपालिकाले पहिलो पटक स्थानीय पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले कक्षा १ देखि ८ सम्म अध्यापन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ । महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।

पाठ््यक्रममा महानगर क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समावेश गरिएको छ ।

‘पाठ््यक्रम स्थानीय नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ््यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ््यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भन्नुभयो, ‘ नेपालभाषामा तयार गरिएको पाठ््यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित हुने चरणमा छ । पाठ््यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ््यपुस्तक तयार हुनेछ ।’

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उहाँले भन्नुभयो, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ््यक्रमअन्तर्गत स्थानीय महत्वका विषयबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो । वज्राचार्यकाअनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ््यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो ।
‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताउनुभयो ।

पाठ्यक्रम समितिका सदस्य वरुणप्रसाद वैद्यले पाठ््यक्रम नेपालभाषामा तयार गरिएको भए पनि यसको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताउनुभयो । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उहाँको भनाइ छ ।

‘यो विषय पढाउन हामी शिक्षकहरूलाई एउटा तालिम पनि दिन्छौं । तालिम पाए पछि जुनसुकै शिक्षकले पनि सजिलै पढाउन सक्नुहुन्छ ।’ वैद्यले बताउनुभयो ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषा भन्दा पनि काठमाडौंको परिचयमा केन्द्रीत रहेको बताउनुभयो । ‘काठमाडौंमा बसोवास गर्ने मानिसहरूलाई काठमाडौंको संस्कृति, सम्पदा, रहनसहन, जनजीवन बारे परिचित गर्ने यसको मूल उद्देश्य हो । यी विषयहरू पढ्दा पढ्दै भाषा सिक्दै जाने भएकोले यसमा कुनै समस्या आउँदैन ।’ उहाँले भन्नुभयो, ‘ पाठ््यपुस्तक नेपालभाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकताअनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सक्नुहुन्छ ।’ उहाँले पाठ््यपुस्तकलाई सहयोग पु¥याउने अरु बहुभाषी पाठ््य सामग्रीहरू महानगरपालिकाले प्रकाशन गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले, स्थानीय भाषामा पाठ््यक्रम तयार पार्नुलाई ठूलो उपलब्धीका रुपमा चर्चा गर्नुभयो । यसको कार्यान्वयनका लागि अब हामी सामुदायिक र संस्थागत बिद्यालयहरुसँग छलफल चलाउँछौं । ‘काठमाडौंको संस्कृति र सभ्यतालाई जस्ताको तस्तै बुझाउन यहींकै भाषा प्रयोग गरे सजिलो हुन्छ,’ पाठ््यक्रमको बिशेषतामा कुरा गर्दै उहाँले भन्नुभयो, ‘यसले काठमाडौंमा बस्ने जोकोहीलाई पनि अपनत्व बढाउँछ ।’

स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताउनुभयो । नोवेल एकेडमीका को–अर्डिनेटर शोभाकर भण्डारी भन्नुहुन्छ — विद्यालयमा अहिले पनि काठमाडौंको जात्रा, पर्वहरू बारे पढाइ नै रहेको छौं । यी बिषयलाई स्थानीय भाषामा पढाउनु अझ बढी प्रयोगात्मक हुन्छ । यसप्रति हामी उत्साहित छौं ।’

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत