पार्किङ् व्यवस्थापनमा प्रविधि बढाउन वडास्तरीय छलफल शुरु

भर्टिकल रोटेड पार्किङ् बबरमहल क्षेत्रका लागि उपयुक्त बिकल्प हुन सक्छ — वडाध्यक्ष तण्डुकार

साउन १०

काठमाडौं । सवारी पार्किङ्मा देखिएको बढ्दो समस्या कम गराउन प्रबिधिको उपयोग गर्ने बिषयमा काठमाडौं महानगरका वडाहरुले छलफल चलाउन थालेका छन् र यसै क्रममा आज वडा ११ ले भर्टिकल रोटेड पार्किङ्का बिषयमा छलफल गरेको छ ।

मेरो वडाको ववरमहल क्षेत्रमा सवारी पार्किङ्को ठूलो चाप छ । त्यहाँ धेरै सरकारी कार्यालय छन् । ती कार्यालयले आफूलाई र आफ्ना सेवाग्राहीलाई पुग्ने गरी पार्किङ् स्थल बनाएका छैनन् । छलफलमा बोल्दै वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो — प्रबिधिको उपयोग नगर्ने हो भने सहर झन झन बिग्रिँदै जान्छ । उहाँले प्रबिधिजन्य पार्किङ् निर्माण गर्ने सन्दर्भ उठाउँदै भन्नुभयो — काठमाडौंको पार्किङ् व्यवस्थापनमा प्रबिधिजन्य साझेदारिता गर्ने प्रस्ताव लिएर त धेरै आए । तर ल्याइएका प्रस्ताव कार्यान्वयनमा आएका छैनन् । यसो हुनुको कारण के हो? अब कारण खोज्नु पर्छ, तण्डुकारको भनाइ थियो ।

छलफलमा बोल्दै प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले भन्नुभयो — प्रदेशबाट संसदले गर्ने खर्चलाई यदि पार्किङ्मा लगाउन पाउने व्यवस्था भएछ भने म भर्टिकल रोटेड पार्किङ् निर्माण गराउँछु । पार्किङ् व्यवस्थापनमा प्रगति गर्न सकियो भने काठमाडौंको सुन्दरतामा धेरै ठूलो सहयोग पुग्नेछ ।

पार्किङ् प्रणालीसँग स्थानीय सरकारको काम गर्ने क्षमता जोडिएकाले नीति निर्माण गर्दा जनप्रतिनिधिले यसलाई महत्व दिनुपर्छ । छलफलमा वडासचिव एवं महानगरका उपनिर्देशक रामप्रसाद पौडेलले धारणा राख्नुभएको थियो ।

छलफलमा वी बिल्ड कन्स्ट्रक्सनकातर्फबाट प्रबन्ध निर्देशक स्वीकृति शर्माले प्रस्तुति गर्दै, काठमाडौंमा बढ्दो सवारी चाप र यसको सहरी व्यवस्थापनमा पर्ने पार्किङ् भार घटाउन प्रबिधिमा नगई सुखै नभएको तर्क गर्नुभयो । हामी चीनको कम्पनीसँग मिलेर काठमाडौंमा भर्टिकल पार्किङ् निर्माण गर्न चाहन्छौं । यसका लागि महानगरले अनुमति दिनुपर्छ, शर्माको भनाइ थियो ।

उहाँहरुले प्रस्ताव गर्नुभएको पार्किङ् निर्माण गर्न थोरै जमिन भए पनि पुग्छ । १२ वटा कार राख्न मिल्ने प्रबिधि जडान गर्न ६ मिटर चौडाई र ७ मिटर लम्बाई भएको जमिन भए पुग्छ । त्यसमा कार आउन जान र घुमाउन ८ मिटरको थप जमिन आवश्यक पर्छ । स्टिल स्क्ट्रक्चरमा बनाइने पार्किङ्का लागि आवश्यक सामाग्री बनिबनाउ हुने भएकाले निर्माण थालिएको ७ दिनदेखि १० दिनभित्र सञ्चालनमा ल्याउृन सकिन्छ । कुनै ठाउँमा आवश्यक नभए वा जडान गरिएको ठाउँभन्दा अर्को ठाउँ प्राथमिकतामा प¥यो भने प्रणालीलाई सार्न मिल्छ ।

यसको निर्माण लागत प्रतिकार ८ हजार ५ सय अमेरिकी डलर हो । यसलाई बिजुली जोडेर वा हातैले पनि घुमाउन सकिने प्रस्तावकको भनाइ छ । यो प्रणाली केवल कारका लागि मात्र हो ।
यस यो वा यस्तै प्रकारका प्रणाली काठमाडौंमा जरुरी भइसक्यो । छलफलमा सहभागी माया दङ्गालको प्रतिक्रिया थियो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत