धोवीखोलामा वडा ५ र ७ जोड्ने २ वटा पुल शुभारम्भ

एउटा पुलबाट दैनिक ३०० पैदल यात्री आवतजावत गर्ने अपेक्षा — वडाध्यक्ष डंगोल

साउन १०

काठमाडौं । काठमाडौं महानगरको वडा ५ र ७ लाई जोड्ने धोवी खोलामा २ वटा पुल आजबाट सञ्चालनमा आएका छन् । पैदल यात्रुका लागि वडा ५ ले निर्माण गरेका पुलहरु महानगरका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

पुल उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो — हामी जनताका अगाडि परीक्षा दिइरहेका छौं । हाम्रो कामको मुल्याङ्कन जनता आफैंले गर्नुहुनेछ । पार्क बनाउने, सडक र यातायात सुधार, पैदल यात्रुको यात्रा सहजता, सम्पदा संरक्षणलगायतका काम महानगरका प्राथमिक काम हुन् ।

त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले — स्थानीय आवश्यकता पूरा गर्न सके आफ्नो कार्यकाल सफल हुने बताउनुभयो । हामी हाम्रो कार्यकालको अन्तिम २२ महिनाका लागि काम गरिरहेका छौं । उहाँले भन्नुभयो — जनताका अपेक्षा पूरा गर्न हामी प्रतिवद्ध छौं ।

वडाध्यक्ष रमेश डंगोलकाअनुसार एउटा पुलको लागत भ्याटबाहेक ८ लाख ३७ हजार रुपैयाँ हो । दुई पुल १६ लाख ७४ हजार रुपैयाँमा निर्माण सम्पन्न भएका हुन् । भत्केको पुल (पहेँलो पुल) दायाँबायाँ निर्माण भएका फलामे यात्रु पुल १ महिनामा निर्माण सम्पन्न भएका हुन् ।

यी पुलबाट दैनिक ३०० बढी पैदल यात्रुले प्रयोग गर्ने अपेक्षा गरिएको छ । अब खोला पार गर्न लामो दुरी हिँडेर टाढा पुग्नु पर्दैन, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल भन्नुहुन्छ — यसबाट वडा ५ र ७ का स्थानीयबासीलाई वारिपारि गर्न प्रत्यक्ष लाभ पुगेको छ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत