बिभागहरुलाई बार्षिक कार्ययोजना बनाउन प्रमुख प्रशासकीय अधिकृत अर्यालको आग्रह

जनताले मुल्याङ्कन गर्न सक्ने कार्ययोजना बनाएर कार्यान्वयनको प्रयास थालनी हुँदैछ — प्रमुख प्रशासकीय अधिकृत अर्याल

साउन ७

काठमाडौं । चालु आर्थिक बर्षका लागि महानगरले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पार्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले आग्रह गर्नुभएको छ । बबरमहलमा रहेका महानगरका बिभागहरुको निरीक्षणमा क्रममा आज उहाँले सूचकका आधारमा जनताले देख्ने, सुन्ने र बुझ्ने कार्यक्रम बनाउन आग्रह गर्नुभएको हो । निरीक्षणका क्रममा राजस्व प्रशासन, भौतिक पूर्वाधार, भवन इजाजत प्रणाली, आवासीय र व्यवसायिक भवन निर्माण, तला तथा थप संरचनासँग कर प्रणालीको सम्बन्ध लगायत बिषयमा छलफल भएको थियो । छलफलमा क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले — सेवा प्रवाहलाई सरल, सहज र छिटो बनाउन बिभागले ध्यान पु¥याउनु पर्ने बताउनुभयो । बबरमहलमा सहरी पूर्वाधार बिकास बिभाग, राजस्व बिभाग र भवन इजाजत बिभाग छन् ।

चालु आर्थिक बर्षको कार्ययोजनाको नमूना बिभागहरुलाई उपलब्ध गराइसकिएको बताउँदै प्रशासन बिभागका प्रमुख नमराज ढकालले — कार्ययोजना प्राप्त भइसकेपछि महानगरले कति समयमा कुन काम गर्न सक्छ भन्ने आँकलन गर्न आधार तयार हुने बताउनुभयो ।

संबिधानले स्थानीय तहलाई प्रदान गरेका कर संकलनका अधिकार महानगरले पूर्ण प्रयोग पाएन । बहाल करको प्रसङ्ग उठाउँदै राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो — संघीय सरकारसँग छलफल चलाउनु पर्ने अवस्था छ । त्यस क्रममा सहरी पूर्वाधार बिकास बिभागका प्रमुख रामबहादुर थापाले, चालु आर्थिक बर्षका लागि २ सय वटा योजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिनुभयो । इञ्जिनियरहरुको संख्या कम भएकोले योजना कार्यान्वयनमा लैजान चुनौती रहेको बताउनुभयो ।

आउँदो हप्तासम्ममा बिद्युतीय हस्ताक्षर सञ्चालनमा ल्याउने तयारी छ । भवन इजाजत बिभागका प्रमुख सुरज शाक्यले इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम (इविपिएस) कार्यान्वयनको अवस्था जानकारी गराउनुभएको थियो । प्रणाली सञ्चालन गर्न आज परामर्शदाताबाट टोकन लिइसकिएको छ । प्रबिधि बिकास शाखा प्रमुख राम सापकोटाले प्रणाली सञ्चालनको प्रगति सुनाउनुभयो । इविपिएस र विद्युतीय हस्ताक्षर सम्बन्धि दुई क्षेत्रका परामर्शदाताको समन्वयमा बिद्युतीय नक्सा स्वीकृत गर्दा बिद्युतीय हस्ताक्षर प्रणाली अघि बढाइएको हो ।
यो प्रणाली आउँदो हप्ता अन्तिम परीक्षण गर्ने तयारी छ ।

निरीक्षणका क्रममा राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले राजस्वको दायरा फराकिलो बनाउन क्षमता बढाउने बिषयमा जोड दिनुभयो । त्यस्तै भवन इजाजत महाशाखा प्रमुख बीरबहादुर खड्काले — बिद्युतीय हस्ताक्षर प्रणाली सञ्चालनमा आएपछि सेवाग्राही कार्यालयमै आउनु पर्ने संख्यामा कमी आउने बिश्वाश व्यक्त गर्नुभयो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत