आ. व. २०७७/०७८ का लागि काठमाडौं महानगरको प्रस्तावित बजेट र खर्च

प्रस्ताव गरिएको रकमको ४१ प्रतिशत अर्थात् ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त गर्ने लक्ष्य

असार १२

काठमाडौं । आ. व. २०७७/०७८ का लागि प्रस्ताव गरिएको १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको १.०५ प्रतिशत अर्थात १७ करोड २३ लाख आर्थिक बिकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि छुट््याइएको छ । यसै गरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १०.८५ प्रतिशत अर्थात १ अर्ब ७८ करोड २७ लाख ५० हजार रुपैयाँ प्रस्ताव छ । पूर्वाधार बिकास क्षेत्रका लागि ५१.३५ प्रतिशत अर्थात् ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ छुट््याइएको छ । सामाजिक बिकास क्षेत्रका लागि १५.२२ अर्थात २ अर्ब ४९ करोड ९८ लाख, शुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ५.८६ प्रतिशत अर्थात ९६ करोड ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

यसै गरी शशर्त अनुदानतर्फ १५.६८ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

यसरी प्रस्ताव गरिएको रकमको ४१ प्रतिशत अर्थात् ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त गर्ने लक्ष्य राखिएको छ । बाह्य श्रोतबाट प्राप्त हुने रकममध्ये निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ शशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार प्राप्त हुने छ । यसैगरी सामाजिक सुरक्षा भत्ता वापत १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यो कुल आम्दानीको ३७.५० प्रतिशत हो ।

यसरी प्राप्त हुने श्रोतबाट बार्षिक प्रस्तावित बजेटमा नपुग हुने ३ अर्ब ५० करोड रुपैयाँ बैङ्क मौज्दातबाट व्यहोरिने छ । यो कुल आम्दानीको २१.३० प्रतिशत हो ।

काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय भवनको निर्माणलगायत बिशेष महत्वका योजनाहरुलाई यस बर्ष प्राथमिक योजनामा राखिएको छ । भर्टिकल पार्किंङ्, भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, सहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रम बजेट बिनियोजनका प्राथमिक क्षेत्र हुन् ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन, प्रबिधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर सञ्चालन जस्ता कार्यक्रमहरुका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत