महानगरले महानगरबासीमा दिनु पर्ने सूचनालाई खबर बनाएर सुनाउनोस् — प्रमुख प्रशासकीय अधिकृत अर्याल

सबै स्थानीय तहको आवाज बोल्ने साझा सञ्चार स्टेशन बनाउनमा जोड

असार ११

काठमाडौं । काठमाडौं महानगरले सञ्चालनमा ल्याएका सञ्चार अभ्यासलाई थप व्यवस्थित गरेर स्थानीय तहको साझा आवाज बोल्ने ठाउँ बनाइने महानगर प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताउनुभएको छ । आज महानगरको रेडियो, टेलिभिजन, अनलाइन र बुलेटिनमा कार्यरत पत्रकार तथा कार्यक्रम सञ्चालकहरुसँग कुरा गर्दै उहाँले — छुट्टै कोष र लागत सहभागिता यसको आधारभूत योजना रहेको बताउनुभयो ।

महानगर के गर्दैछ? जनप्रतिनिधिका दृष्टिकोण र योजना कस्ता छन्? काम के भइरहेको छन्? महानगरका यस्ता कुरा र जनचासोका विषयलाई प्राथमिकतामा राखेर समाचार संकलन, प्रकासन प्रसारण तथा कार्यक्रम उत्पादन गर्नोस् । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — जातजाति, भाषाभाषी, महिला, बालबालिका, जेष्ठनागरिक र आफ्नो आवाज सुनाउन नसक्नेहरुको अभिव्यक्ति तपाईहरुले सुन्नुपर्छ र अरुलाई सुनाउनुपर्छ । तपाईँहरुको क्षमता र वृत्ति विकासका विषयमा हामी सोच्छौं, महानगरले नागरिकलाई सुनाउनै पर्ने खवर सुनाउन तपाईहरु सक्रिय रहनुहोस् । कम्तीमा सार्वजनिक महत्वका खवरबाट महानगरबासी बञ्चित हुनुहुँदैन ।

त्यस क्रममा बोल्दै सूचना तथा सञ्चाल बिभागका निमित्त प्रमुख युवराज खनालले — अनुकुलता र प्रतिकुलतालाईभन्दा महानगरले नागरिकप्रति पूरा गर्नुपर्ने दायित्वलाई बिषयको प्राथमिकता बनाइएको जानकारी दिनुभयो । अहिले हरेक दिन कक्षा १ देखि कक्षा १० सम्मका फरक—फरक बिषयमा रेडियो शिक्षाका कार्यक्रम चलिरहेका छन् । समाचार, सामयिक बिषयका अन्तरवार्ता, भाषाभाषीका कार्यक्रम चलिहरेका छन् । रेडियो फिचर स्टोरीलगायत चाखलाग्दा सामाग्री बनाउने, उत्पादित सामाग्रीहरुलाई धेरै श्रोताको पहुँचमा पु¥याउन सामाजिक सञ्जालको प्रयोग गर्ने सञ्चारका योजना हुन्, खनालले बताउनुभयो ।

छलफलमा पत्रकार, कार्यक्रम सञ्चालक तथा प्राबिधिकहरुले महानगरको सञ्चार क्षमता, अहिलेका आवश्यकता र चुनौतीसँगै जनशक्ति व्यवस्थापनको बिषयमा धारणा राख्नुभएको थियो ।

महानगरले ९४ बिन्दु ६ मेगाहर्जबाट एफ.एम. रेडियो सञ्चालन, मासिक रुपमा महानगर बुलेटिन प्रकाशन गरिरहेको छ । त्यस्तै काठमाडौं अनलाइन समाचार पोर्टल सञ्चालनमा ल्याएको छ भने निजी क्षेत्रको सहभागितामा दैनिक र साप्ताहिक टेलिभिजन कार्यक्रम उत्पादन गरेर नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत