काठमाडौं महानगर पालिकाको नीति तथा कार्यक्रम सभामा प्रस्ताव

जनस्वास्थ्य सेवा र विद्यालय शिक्षा सुधारलाई प्राथमिकता, कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत

असार ४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारीप्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्पm उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’

यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन हामी प्रयासरत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे÷नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ । ‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रबद्र्धन मेला आयोजना गरिनेछ । ‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने नीति लिइनेछ ।’


कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत
काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ । कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौँ महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।
आ.व.२०७७÷०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरी बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक÷स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने, कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ ।

सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्नै सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश गरेको छ । वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने, महानगरवासीहरुको लागि स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएको छ । ‘गुणस्तरीय एवं न्युनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘वडा वडामा मृगौला जोगाउ अभियान सञ्चालन गरिनेछ । अर्बुद रोग लगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । कोभिड १९ तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागु गरिनेछ ।’

फुटपाथ व्यवस्थित गर्ने
कोभिड–१९ को प्रभाव लामो समयसम्म रहनसक्ने अनुमानलाई ध्यानमा राखी आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राखी सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ ब्यबस्थित तथा चौडा गर्ने नीति महानगरपालिकाले लिएको छ । त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख छ । ‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साईकल भएको हुँदा महानगरवासीलाई साईकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ । महानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई साईकल खरिदमा अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘महानगरको आफ्नै स्वामित्वमा रहेको जग्गा (धर्मपथ, टेकु) तथा लैनचौरमा रहेको सार्वजनिक जग्गामा आधुनिक भर्टिकल पार्किङ्ग भवन निर्माण कार्य यसै वर्ष शुरु गरिनेछ । महानगरले हाल लागु गरेको स्मार्ट पार्किङ्गलाई थप क्षेत्रमा समेत विस्तार गरिनेछ ।’

रानीपोखरी र खुलामञ्च बीच तथा तिलगङ्गाबाट पशुपति क्षेत्र जोड्ने अण्डरपास, सोह्रखुट्टे –खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर तथा अन्य संभाब्य स्थानहरुमा फ्लाईओभर, अण्डरपास तथा पूर्वाधारको संभाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने कुरालाई पनि महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ ।

सम्पदा क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने
नीति तथा कार्यक्रममा नुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिने, कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, रेष्टुरेण्ट तथा बार संघ तथा अन्य सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्ने, उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु जोड्नेगरी विद्युतीय ‘हप अन हप अफ’ बस सञ्चालन गरिने नीति पनि महानगरपालिकाले लिएको छ ।

उपत्यका एकीकृत विकास कार्यक्रममा जोड
नीति तथा कार्यक्रममाकाठमाडौं उपत्यकालाई सिङ्गो समृद्ध सहरको रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, महानगरपालिकाले गर्ने विकासात्मक कार्यहरु र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय रुपले सेवा प्रवाह गर्न क्रमशः विद्युतीय पद्धतिमा रुपान्तरण गरिने नीति लिइने उल्लेख छ । महानगरपालिकाको शहरी व्यवस्थापन र राजश्व प्रशासनको लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत शहरी नक्शा तथा महानगर सूचना प्रणाली विकास गरिने, महानगरपालिकाले असल निर्माण अभ्यास प्रबद्र्धनका लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने, महानगरपालिकाबाट सञ्चालित जग्गा एकिकरण आयोजनाहरुमध्ये नयाँबजार आयोजना यसै आर्थिक बर्षभित्र तथा चःमति र मनोहरा जग्गा एकिकरण आयोजना आगामी दुई बर्षभित्र सम्पन्न गरिने जस्ता लक्ष्य पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ । ‘सरकारी, अर्धसरकारी, निजी ठूला भवन, सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट आदिमा कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन गरिनेछ । उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्रि वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘ब्यक्ति,समूहतथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछन् ।’

समृद्धिको लागि सहकारी अभियान
काठमाडौँ महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’लाई सफल पार्नसाना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति महानगरपालिकाले लिएको छ । ‘अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ’ ‘तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई क्याफे तथा रेष्टुरेण्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइनेछ ।’ काठमाडौ महानगरभित्र विभिन्न उद्यम गरिरहेका परम्परागत तथा अन्य स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने, युवाहरुलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रबद्र्धन र बजारीकरणलाई प्रोत्साह गर्ने, साना, मझौला तथा सेवामुलक उद्योगलाई प्रश्रय तथा प्रोत्साहन गर्ने नीति पनि महानगरपालिकाले लिएको छ । ‘विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथासाना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ । महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।’

महानगरपालिकाले जीवनउपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधार सहितनैतिक तथा मनोवैज्ञानिकशिक्षामा जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ । ‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापनयोजना तर्जुमा समितिगठन गरी शिक्षा योजना तर्जुमा गरिनेछ । बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ । यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदालगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’

महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बनगर्ने, स्थानीयबासी, जेहेन्दार, गरिब, विपन्न तथा अपाङ्गता भएका वालवालिकालाई आवश्यकतानुसार पाठय्पुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

‘सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिनेछ । छनौट भएका विद्यालयहरुमा क्त्भ्ब्ः ऋगिदस्थापना गरी विज्ञान, प्रविधि, इञ्जिनीयरिङ्ग, कला र गणितमा आधारित आविष्कारकाविभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । विद्यालयहरूबीच वार्षिक रूपमा आविष्कार प्रतिस्पर्धाको आयोजना गरी विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘सामुदायिक विद्यालयहरूमा अनलाइन तथा दूर शिक्षाको माध्यमबाट पनि पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ । काठमाडांै महानगरपालिकाको आफ्नै एकप्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गरिनेछ ।’

त्यसैगरी महानगरपालिकाले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा सहित महानगरभित्र सडक आश्रित मानव उद्धार गर्ने कार्यलाई निरन्त्तरता दिने, सडक सहयोगापेक्षी मानव सेवालाई दीगो र संस्थागत बनाउनका लागिसहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने नीति लिएको छ ।

समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागिसम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने, रिचार्ज काठमाडांैैं अभियानलाई निरन्तरता दिने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

‘सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा ब्यबस्थापन निर्देशिकाकार्यान्वयनमा ल्याइनेछ । हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्यको सुरुआत गरिनेछ । यसै आर्थिक वर्षभित्र निजी क्षेत्र समेतको सहभागितामा प्रत्येक वडामा कम्तिमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालय मार्पmत निर्माण तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बृद्धि गर्न रेष्टुरेन्ट, सपिङ्ग मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुका शौचालयहरुसमेत प्रयोग गर्न सक्ने ब्यबस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य पनि उल्लेख गरिएको छ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक/ननी, लाछी जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिएको छ ।

महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गर्ने कार्य प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामहरुको खोजी गरी तिनको पुनस्र्थापना गर्ने, आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिकसम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गर्ने, विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ, हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गर्ने, काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ । ‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममै उल्लेख छ ।

काठमाडौं महानगरभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान गरेका परम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै विशेष सुविधा सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । महिला सचेतना तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखी सञ्चालन गर्न महानगरीय महिला सहजीकरण केन्द्र स्थापना गर्ने, समुदायमा आधारित सामाजिक गुम्बाको सञ्चालन गरी सत्मार्गमा लाग्न जनमानसलाई प्रेरित गर्ने प्रमुख लामाहरुलाई सम्मान गर्ने जस्ता नीतिलाई पनि प्राथमिकतामा राखेको छ ।

काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न
महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ ।काठमाडौं पत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिनेछ । त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गरिनेछ । साथै पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने, हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गर्ने पनि महानगरपालिकाको नीति छ ।

युवाको जाँगर, समृद्ध महानगर
काठमाडौँ महानगरपालिकाले ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान अनुरुप युवाशक्ति परिचालनको नीति अबलम्बन गर्ने र यसको लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने नीति
महानगरपालिकाले लिएको छ । ‘खेलकूदको माध्यमद्वारा युवाहरुको ब्यक्तित्व विकास गर्न महानगर क्षेत्रमा शारीरिक व्यायामशाला, हेल्थ क्लब, रंगशाला÷कबर्डहल तथा बहुउद्देश्यीय खेल मैदानको विकास र विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट बचाउन सचेतनामूलक, रोकथाममूलक तथा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ । युवाहरुको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’

मेड इन काठमाडांैै अभियान सञ्चालन
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली बस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने नीति लिएको छ । मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गरिनुका साथै मेड इन काठमाडांैै अभियान सञ्चालन गर्ने पनि महानगरपालिकाको नीति छ । ‘युवाहरुको नविन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब ९प्(ज्गद० को स्थापना गरिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त ब्यबस्था, कानुन आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइनेछ ।’

वरिष्ठ जेष्ठ नागरिकलाई महानगर बिशेष भत्ता
काठमाडौं महानगरपालिकाभित्रका विगतका वर्षमा उपलब्ध गराउँदै आएको जस्तै यो वर्ष पनि७५ र ८० वर्ष उमेर पुगेका महिला र पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक रुपमा दिने रु. १२ हजार महानगर बिशेष भत्ता निरन्तरता दिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगारहरुलाई नगरको विकासमा आवश्यकता अनुसार परिचालन मेयर रिसर्च फेलोसिप कार्यक्रम अन्तर्गत विभिन्न विश्वविद्यालय, कलेज, अध्ययन संस्थान आदिसँग सहकार्य गरी कार्यविधिको आधारमा विद्यार्थीहरुलाई इन्टर्नसीप÷फेलोसीप प्रदान गर्ने, सो कार्यक्रमवाट प्राप्त प्रतिवेदन तथा शोधपत्रहरुको प्रकाशन गर्ने ब्यवस्था मिलाउने कुरालाई पनि प्राथमिकता दिएको छ । समुदायमा आधारित कार्यक्रमलाई प्रभावकारी एवं परिणाममूखी बनाउन अनुभवी, निवृत्त, ज्येष्ठनागरिकहरुसमेतको संलग्नतामा सिल्भर भोलेन्टियर (स्वयंसेवक)हरुलाई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित विभिन्न काममा परिचालन गर्ने नीति अबलम्बन गर्ने नीति लिएको छ ।

खुला क्षेत्रको संरक्षण
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरुहटाईसार्वजनिक जग्गा संरक्षण गर्नेे कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस्ता सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकता अनुसार मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने, नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडांैै महानगर क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टिभि, ईन्टरनेट लगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिने कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

‘शहरी यातायात ब्यवस्थापन, हरियाली प्रबद्र्धन तथा नदी किनारको एकिकृत बिकास गर्न बागमती, बिष्णुमती, मनोहरा, दानगाः खुशी (बल्खु खोला), करः खुशी, महादेव खोला, रुद्रमती (धोबीखोला), ईच्छुमती (टुकुचा), सामाखुशी (खोला), इन्द्रावती खोला, चखँुचा खोला लगायतका नदी किनारहरुमा तटबन्ध तथा सडक निर्माण (कोरिडर विकास) कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘न्युरोड क्षेत्रको एकिकृत बिकास तथा सौन्दर्यीकरण गरिने छ ।काठमाडौ महानगर प्रवेश गर्ने स्थानहरुमा कलात्मक स्वागतद्वार वा स्तम्भहरु निर्माण गरिनेछ ।’

महानगरपालिकाको आफ्नै भवन
काठमाडौँ महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने, नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा का.म.पा. ३२ तिनकुनेमा आधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने, स्थानीय मौलिकता झल्कने गरी घरको नयाँ निर्माण गर्न वा मोहडा परिवर्तन गर्न चाहनेहरुलाई आवश्यक मापदण्ड तयार गरी अनुदानको ब्यबस्था गर्ने कार्य सुरु गर्र्ने, हनुमानढोकादेखि स्वयम्भू जोड्ने सम्पदा मार्ग तथा सवारी साधनमुक्त क्षेत्रमा परेका पुराना वस्तीका निजी भवनलाई व्यावसायिक आर्ट ग्यालरी, कफी सप, पुस्तक पसल, होमस्टे वा पर्यटनसँग सम्बन्धित व्यवसाय गर्ने उद्देश्यले परम्परागत शैलीमा पूरै भवन पुनर्निर्माण वा जीर्णोद्वार गर्न चाहने घरधनीहरुलाई कार्यविधिको आधारमा थप सहुलियत कर्जाको प्रबन्ध जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ । त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोग एवं समन्वयमा बहुउद्देश्यीय अत्याधुनिक मेगा हल सभागृह निर्माण गर्न यसै वर्ष डिपिआर तयार गर्ने पनि महानगरपालिकाले लक्ष्य लिएको छ ।

काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि उपत्यकाछिर्ने नाकाहरुमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लीनिङ सेन्टर निर्माण गर्न विस्तृत अध्ययन गर्ने, काठमाडौंको स्वच्छता र महानगरवासीको जनस्वास्थ्यलाई ध्यानमा राखी बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने, काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक सुरक्षासंग सम्बन्धित पाँच रणनैतिक स्तम्भहरु (सडक सुरक्षा व्यबस्थापन, सुरक्षित सडक तथा गतिशिलता, सुरक्षित सवारी बाहन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पश्चातको प्रतिकार्य र कार्यवाही) मा आधारित मापदण्ड तयार गरी लागुगर्ने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ । ।

एकीकृत वस्ती विकासको नीति
त्यसैगरी काठमाडौं महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भबन निर्माण सम्वन्धी मापदण्डमा समयानुकुल संशोधन गरि कार्यान्वयनमा ल्याउने भएको छ । ‘हाल सञ्चालनमा रहेको मनोहरा जग्गा एकीकरण आयोजना अन्तर्गतको काठमाडौं महानगरपालिका क्षेत्रमा हुने भवन निर्माणलाई व्यवस्थित गर्न विशेष नीति र मापदण्ड जारी गरी सो क्षेत्रलाई नमुना वस्तीको रुपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ,’ ‘काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरुको जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवनहरुको स्थानमा सुविधा सम्पन्न एकीकृत वस्ती विकास गर्ने नीति लिइनेछ । स्थानीय घरधनीहरुकोे सहमति र प्रत्यक्ष सहभागितामा र नेपाल सरकारका सम्बद्ध निकायहरुको आवश्यक सहयोग तथा समन्वयमा नमुना आवास क्षेत्रको विकास गर्ने कार्य काठमाडौ महानगरपालिका १८ वडा अन्तर्गतको किलांक्व दम्बोचुकबाट सुरु गरिनेछ ।सुरक्षित भवन निर्माण गर्न महानगरवासिलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने नीतिलाई निरन्तरता दिइनेछ ।

वातावरण तथा फोहोरमैला ब्यबस्थापन
नीति तथा कार्यक्रममा ‘स्वच्छ हावा, स्वस्थ जीवन’ लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, फोहरमैला व्यवस्थापन, आकासे पानी र फोहोर पानी व्यवस्थापन,फोहोरमैलाको अन्तिम ब्यबस्थापनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्नका लागि निजी क्षेत्रसँग सहकार्य उल्लेख गरिएको छ । स्रोतमै फोहर छुट्याएर संकलन गर्ने प्रणाली लागु गरिनेछ । घरबाट उत्सर्जित जैविक फोहोरलाई कम्पोष्टमल बनाई स्वव्यबस्थापन गर्न प्रेरित गरिनेछ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘फोहोर वस्तुको प्रशोधन र पुनःप्रयोग गर्ने तथा फोहोर बस्तुबाट नयाँ वस्तु उत्पादनमा कार्य गरिरहेका सामुदायिक संस्था, निजी, गैर सरकारी संस्था आदिको सञ्जाल निर्माण गरी यसलाई प्रोत्साहन दिइनेछ । संकलन गरिएका फोहोरबाट उर्जा उत्पादन गर्ने अत्याधुनिक प्रविधि सञ्चालन गर्न आवश्यक कार्य गरिनेछ ।फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नगरपालिकाको सहभागितामा सामूहिक रुपमा फोहोर व्यवस्थापन कोष स्थापना गरी सो कोषबाट उपत्यकाको फोहारमैला तथा ल्याण्डफिल्ड साईट व्यवस्थापन सम्बन्धी कार्यमा खर्च गर्ने संस्थागत व्यवस्था मिलाईनेछ ।’ ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरी निर्माण कार्यमा उपयोग गर्ने, पुराना सार्वजनिक सवारी साधनबाट बढ्दो प्रदुषणलाई न्यूनीकरण गर्नका लागि २० बर्ष भन्दा पुराना त्यस्ता सवारी साधनलाई काठमाडौं महानगरपालिका क्षेत्रबाट क्रमशः विस्थापन गर्ने नीति लिएको छ ।

काठमाडौं महानगरपालिकाभित्रका मुख्य सडकहरुमा अर्नामेन्टल प्लाण्ट लगाइ शहरी हरियाली एवम् सौन्दर्य अभिबृद्धि गर्ने खुला क्षेत्र, सरकारी तथा गैर सरकारी संघसंस्था, विद्यालय, विश्वविद्यालयको कार्यालय परिसर, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति तथा नदी उकासका स्थलहरुमा विभिन्न प्रजातिका फलपूmलका बिरुवाहरु रोपी ग्रिन सिटी प्रवद्र्धन गर्ने, एक घर दुई रुख÷बिरुवा कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिइनेछ । ख्भचतष्अब िन्बचमभल को अवधारणालाई अघि बढाउने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ । ‘कोभिड–१९ को सक्रमण पैmलिन नदिन गरिएको लकडाउनका कारण काठमाडौं उपत्यकाको वातावरणमा ल्याएको सकारात्मक परिवर्तनबाट पाठ सिक्दै महिनाको एक दिन‘ख्भजष्अभि ँचभभ म्बथ’घोषणा गरी रिङ्गरोडभित्रनिजी सवारी साधनको प्रयोगलाई न्यूनीकरण गरिनेछ । यस दिनमा केवल पैदलयात्रा, स

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत