महानगरका क्लिनिक इञ्चार्जहरुलाई कन्ट््याक टे«सिङ् सम्बन्धि अभिमुखीकरण

संक्रमणको श्रोत र बिरामीको सम्पर्कमा भएकालाई बचाउनु कन्ट््याक टे«सिङ्को लक्ष्य

जेठ ९

काठमाडौं । काठमाडौं महानगरले आज क्लिनिक इञ्चार्जहरुका लागि ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट््याक आइडन्टिफिकेसन’ सम्बन्धि अभिमुखीकरण आयोजना गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा अभिमुखीकरण आयोजना गरेको हो ।

व्यक्तिमा संक्रमण देखिएपछि, संक्रमणको श्रोत पत्ता लगाउनु, संंक्रमित व्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा भएका व्यक्तिहरुको जोखिममा निगरानी गर्नु अहिलेको मुख्य काम हो । जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्य भन्नुहुन्छ — काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरुको सम्पर्कमा भएकामाथि निगरानी गर्ने प्रणाली बिकास गर्न खोजेका हौं । बज्राचार्यकाअनुसार आइतबार समूह निर्माण गरेर ट्रेसिङ् थालनी गरिुनेछ ।

ट्रेसिङ् गर्ने काम स्थानीय सरकारले व्यवस्थापन गर्नु पर्ने काम हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारी भन्नुहुन्छ — भाइरसको संक्रमण भएका व्यक्ति नजिक उच्च जोखिममा भएकाहरुलाई बचाउन, संक्रमणको श्रोत र सम्पर्क भएका व्यक्ति पहिचान हुन जरुरी छ । सरकारले जारी गरेको ‘स्टान्डर्ड अपरेसन प्रोसिडोर (एसओपि) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक टे«ेसिङ् फर्म’ लाई उधृत गर्दै अधिकारीले, संक्रमण फैलिन नदिनु र उच्च जोखिममा भएका व्यक्तिलाई बचाउनु नै यसको उद्देश्य रहेको दोहो¥याउनु भयो ।

इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोख्रेलले केस इन्भेष्टिगेसन एण्ड कन्ट््याक आइडन्टिफिकेसन बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ६० बर्ष माथिका मानिसहरु, दीर्घ रोग भएका, गर्भवती संक्रमणको उच्च जोखिममा रहने बर्ग हुन् । हात धुनु र भौतिक दुरी कायम राख्नु संक्रमणबाट बच्ने मुख्य उपाय हुन् । डा. पोख्रेलले भन्नुभयो — भाइरस संक्रमण फैलिने चक्र भत्काउन कन्ट््याक टे«सिङ्मा काम गर्नेको ठूलो भूमिका हुन्छ ।

उहाँले टे«सिङ् गर्ने क्रममा बिरामीसँग लिइने अन्तरवार्ताको सीप, सम्पर्कका आएका व्यक्तिहरुको जोखिम बर्गीकरण, निगरानी गर्नुपर्ने व्यक्तिहरुको सूची तयारलगायतका सीपका बिषयमा कुरा गर्दै परीक्षण, उपचार र टे«ेसिङ् गरी ३ चरणका प्रभावकारी कामबाट कोरोना नियन्त्रण गर्न सकिने बताउनुभयो ।

सरकारले जारी गरेको स्टान्डर्ड अपरेसन प्रोसिडोर (एसओपि) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक टे«ेसिङ् फर्ममा शंका गरिएको (सस्पेक्टेड), प्रोबाबल (सम्भावना भएको), कम्फर्म केस (एकिन भएको), क्लोज कन्ट््याक हाइ रिक्स कन्ट््याकको (सम्पर्कका कारण उच्च जोखिममा रहेको), पहिचान गर्न परिभाषा दिईएको छ । केस इन्भेष्टिगेसन टिमको व्यवस्था, टिममा रहने जनशक्ति सम्बन्धि व्यवस्था, फलो अप, सम्पर्क गर्नु व्यक्तिलाई पहिलो दिनदेखि १४ दिन सम्म गरिने निगरानीका क्रियाकलाप, संक्रमण भएको व्यक्ति र यस्ता व्यक्ति सम्पर्क भएका व्यक्तिसँग गरिने अन्तरवार्ता, यस क्रममा अपनाउनु पर्ने सावधानीलाई निर्देशिकामा राखिएका छन् । त्यस्तै केस रिपोर्टिङ्का लागि फारमको ढाँचा पनि दिइएको छ ।

कन्ट््याक टे«सिङ्का लागि महानगरपालिकामा कम्तीमा ५ वटा समूह निर्माण गर्न सकिने व्यवस्था छ । त्यस्तै उपमहानगरमा ३, नगरमा २ र गाउँपालिकामा एउटा समूह बनाएर टे«ेसिङ्को काम गर्नुपर्छ । यो न्युनतम भएकोले आवश्यकताअनुसार थप गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

समूहमा कम्तीमा १ जना जनस्वास्थ्य अधिकृत, नर्स÷प्यारामेडिक्स, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ड हुनेछन् । यो प्राबिधिक बिषय मात्र होइन । ट्रेसिङ्का लागि स्वास्थ्यकर्मीको नेतृत्वमा स्वयम्सेवकहरु खटिन सक्नेछन् ।

टे«सिङ्का लागि ४ प्रकारका फारमहरु भरिनेछन् । त्यसमध्येको पहिलो फारम बिरामीको अवस्थाका बिषयमा जानकारी लिन÷राख्न उपचारमा सम्लग्न चिकित्सकले भर्नेछन् । दोश्रो फारम, बिरामीसँग भेटेर कुराकानी गर्दै बिरामीको सम्पर्कमा आएका व्यक्तिको जोखिम पत्ता लगाउन सूची तयार पार्न भरिने फारम हो । यो फारम टे«सिङ्मा जाने व्यक्तिले व्यक्तिगन सुरक्षा उपकरण लगाएर बिरामीसँग भेटेर कुराकानी गर्दै भरिन्छ । तेश्रो फारम विरामीले सम्पर्क गरेका व्यक्तिहरुको अवस्था थाहा पाउन उनीहरुलाई भेटेर कुराकानी गर्दै भर्ने फारम हो । यसैगरी चौथो फारम सम्पर्कमा भएका व्यक्तिहरुको निगरानी गर्न भरिने फारम हो । यी कामहरु ९ चरणमा हुनेछन् भने उच्च जोखिम निर्धारण गरेर यस बर्गका मानिसमाथि पहिलो चरणमा निगरानी बढाइनेछ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत