कोरोना नियन्त्रणका लागि पहिलो पङ्तिमा रहेका जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण हुँदै

आज गरिएको परीक्षणको नतिजाका आधारमा थप परीक्षण हुने

जेठ ५

काठमाडौं । काठमाडौं महानगरका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका र स्वयमसेवकहरुको अहिले कोरोना परीक्षण भइरहेको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा बिहान ११ बजेदेखि भृकुटीमण्डपमा परीक्षण भइरहेको हो । भाइरस संक्रमण नियन्त्रण तथा लकडाउनका समयमा राहत पाउनेको विवरण संकलन, राहत वितरणका लागि पहिलो पङ्तिमा रहेर काम गर्ने जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेविका, वडाले खटाएका स्वयमसेवकसहितको परीक्षण गराइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिनुभयो ।

सरकारले संक्रमण फैलिन नदिन सबैलाई घरमा बस्न आग्रह गरेको छ । काठमाडौं उपत्यकामा मानिसहरु आवतजावत रोक्न खोजे पनि पूरा रोकिन सकेको छैन । यस जोखिमपूर्ण समयमा काम गर्ने व्यक्तिहरुलाई बचाउन तथा सम्भावित खतरा र शंका निवारण गर्न परीक्षण गरिएको हो । परीक्षणमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहित प्रतिनिधिमुलक रुपमा वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका र राहत वितरणका लागि वडाले खटाएका स्वयमसेवक सहभागी हुनुहुन्थ्यो ।

जनस्वास्थ्य महाशाखाका अनुसार आज ५ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको छ । यसको नतिजा आएपछि थप परीक्षणको योजना तर्जुमा गरिनेछ ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत