वातावरण व्यवस्थापनका बिभागका ९३४ जना कर्मचारीको कोरोना परीक्षण

६६४ जनामा गरिएको आरडिटि परीक्षणमा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित ३१ जनामा पोजेटिभ नतिजा, २७० जनाको पिसिआर परीक्षण

जेठ २
काठमाडौं । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । यसमध्ये आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएकामा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको छ । त्यसै गरी २७० जनाको पिसिआर परीक्षण गरिएको छ । आरडिटि परीक्षणमा पोजटिभ नतिजा देखिएका कर्मचारीहरुको पिसिआर परीक्षण गरिसकिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो । ,

सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुलाई पिसिआर बिधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडिटि परीक्षण गरिएको थियो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले परीक्षणको निरीक्षण गर्नुभएको थियो ।

आज गरिएको आरडिटि (¥यापिड डाइग्नोष्टिक परीक्षण) मात्र हो । यसको नतिजालाई कोरोना मान्न सकिँदैन । नजितापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — पिसिआरको नतिजा आएपछि कस—कसको परीक्षण गर्ने हो भन्ने निर्णय लिन्छौं । हामी परीक्षणको दायरा बढाउने, जोखिम आँकलन गर्ने र सम्भावित व्यक्तिहरुको टे«सिङ् गर्र्ने चरणमा छौं ।

परीक्षणमा पोजेटिभ नतिजा आएकाहरुलाई टे्कुस्थित वातावरण व्यवस्थापन बिभागको भवनमा क्वारेन्टाइनमा राखिएको बिभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । आरडिटि परीक्षणमा पोजेटिभ हुनु कोरोना हुनुु होइन । उहाँहरुको पिसिआर बिधिबाट परीक्षण गरेका छौं । यसको नतिजा आएपछि थप निर्णय गर्छौ, बिभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

हिजो कालीमाटी तरकारी बजारमा गरिएको पिसिआर र आरडिटिबाट पोजेटिभ आएका नतिजाको पिसिआर परिणाम आएको छैन । परीक्षणको परिणाम र आगामी सतर्कताका बारेमा प्रतिक्रिया दिँदै जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्य भन्नुहुन्छ — परीक्षण दायरा बढाउने र सम्भावित जोखिम घटाउने दिशामा महानगरले काम गरिरहेको छ ।

वातावरण व्यवस्थापन बिभागमातहतका ९४५ जना कर्मचारीमध्ये ७३० कुचीकार हुनुहुन्छ । उहाँहरुमध्ये ४९३ जनालाई वडा कार्यालयहरुबाट सरसफाइमा खटाउने गरिएको छ भने १६० जनालाई बिभागले मुल सडकलगायत अन्य सार्वजनिक स्थलको सफाइमा खटाउने गरेको छ । वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलकाअनुसार शंखपार्कमा ३ जना, सभा गृहमा ७ जना, बागदरबार १० जना, शंखधर उद्यानमा १७ जना, बसन्तपुरमा १३ जना, बालाजु पार्कमा २७ जना र ल्याण्डफिल साइट व्यवस्थापनमा ९ जना कर्मचारी हुनुहुन्छ ।

बिभागमा प्रशासनिक र प्राबिधिक गरी टेवुलमा काम गर्ने १५ जना, भारी सवारी चालक मेकानिकल शाखामा ३० जना र १७ जना नगर प्रहरी हुनुहुन्छ । यसै गरी भारी सवारी चालक ४२ जना र हलुका सवारी चालक ६१ जना हुनुहुन्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत