कालीमाटी तरकारी बजार सम्बद्ध १ हजार ३४ जनाको कोरोना परीक्षण, आरडिटि परीक्षण गरिएका ७०० मध्ये ४ जनाको नतिजा पोजेटिभ

नागरिकलाई जिल्ला भित्रबाहिर आवतजावत नगर्न र घरबाट बाहिर ननिस्कन आग्रह

जेठ २

काठमाडौं । कालिमाटी तरकारी तथा फलफुल बजारसँग १ हजार ३४ जनाको बिहीबार कोरोना परँीक्षण गरिएको छ । ७०० जनाको आरडिटि (¥यापिड डाइग्नोष्टिक) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो । आरडिटि गरिएकामध्ये ४ जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिनुभयो ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफुल बिकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरिएको थियो । बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) को परीक्षण गरिएको हो ।

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोखरेलकाअनुसार कम जोखिममा रहेका ७० प्रतिशत मानिसको आरडिटि र जोखिममा रहेका ३० प्रतिशत व्यक्तिको पिसिआर गरिएको थियो ।

कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी हुनुहुन्छ । कालीमाटी तरकारी तथा फलफुल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुन्छ । तरकारी, फलफुल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउँछन् भने २ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी हुनुहुन्छ भने सरसफाईमा काम गर्ने २० जना मजदुर हुनुहुन्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत