कालीमाटी तरकारी तथा फलफुल बजारमा आरडिटि र पिसिआर परीक्षण

परीक्षणको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यबाट अवलोकन, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पिसिआर परीक्षण

aजेठ १

काठमाडौं । अहिले कालिमाटी तरकारी तथा फलफुल बजार क्षेत्रमा कोरोनाको संक्रमण पत्ता लगाउन बिहान ११ बजे शुरु गरिएको ¥यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटि) र पोलिमेयर चेन रियाक्सन (पिसिआर) परीक्षण साँझ साढे ६ बजेसम्म पनि चलिरहेको छ । काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफुल बिकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो । बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुग्नुभएको थियो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसिआर परीक्षण गराउनुभयो ।

परीक्षणको निरीक्षणपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो — उपत्यकामा संक्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई शंसंकित बनाएको छ । यो आशंकालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौं । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौं ।

जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिनोस् । यसले महामारी नियन्त्रणमा सहयोग पु¥याउँछ । प्रमुख शाक्यले थप्दै भन्नुभयो — सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि बिजय गर्न सक्छौं । यसकारण अहिले कोही पनि काठमाडौंबाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।

जनप्रतिनिधिले महामारी नियन्त्रण गर्न अग्रपङ्तिमा रहनुपर्छ । अरुको सम्पर्कमा जाँदा जसलाई भेटिन्छ उहाँहरुलाई हामीप्रति कोरोनाको शंका नहोस् भनेर पिसिआर परीक्षण गराएको हो । परीक्षणपछि प्रतिक्रिया दिँदै उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो — अहिले जसलाई भेटे पनि शंका गर्नुपर्ने अवस्था छ । यो शंका हटाउन पनि जनप्रतिनिधिहरुले परीक्षण गराउनु पर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पु¥याउँछौं ।

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोखरेलकाअनुसार कम जोखिममा रहेका ७० प्रतिशत मानिसको आरडिटि र जोखिममा रहेका ३० प्रतिशत व्यक्तिको पिसिआर गर्ने योजनाबमोजिम काम भइरहेको छ ।
कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी हुनुहुन्छ । कालीमाटी तरकारी तथा फलफुल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुन्छ । तरकारी, फलफुल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउँछन् भने २ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी हुनुहुन्छ भने सरसफाईमा काम गर्ने २० जना मजदुर हुनुहुन्छ ।
जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यकाअनुसार भोलि बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, सञ्चारकर्मीहरुको परीक्षण गरिनेछ ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत