काठमाडौंमा मेकानिकल पार्किङ् परीक्षण गर्न प्रस्ताव

परियोजना सञ्चालन भएपछि महानगरलाई हस्तान्तरण हुने

DSC_3267फागुन २१

काठमाडौं । अव्यबस्थित सवारी पार्किङ्ले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदुषण घटाउन मेकानिकल पार्किङ्को प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङ्बाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् ।

DSC_3243थोरै ठाउँमा धेरै गाडी पार्किङ् गर्न सकिन्छ, अव्यवस्थित पार्किङ्ले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिन्छ, सहरी सुन्दरता बढाउन सकिन्छ, प्रदुषण घटाउन सकिन्छ, सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिन्छ, यस्ता कारण मेकानिकल पार्किङ् उपयुक्त देखिएको हो । प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकोले राजस्वमा वृद्धि हुने, पार्किङ् गरिएका सवारीको सुरक्षा हुने भएकोले हामीले मेकानिकल पार्किङ्को प्रस्ताव अघि सारेका हौं । सर्वेक्षण टोलीका अर्का प्रतिनिधि सेइजि ओकानोले यो प्रणाली जडान र सञ्चालन गर्दा महानगरका प्राबिधिकलाई प्रबिधि र प्राबिधिक पक्षमा बुझ्ने बनाउने र त्यसपछि परियोजना महानगरलाई निःशुल्क हस्तान्तरण गर्ने योजना सुनाउनुभयो । तर, यो परियोजना जाइकाले स्वीकृत गरेपछि मात्र लागु हुनेछ, उहाँको भनाइ थियो ।

त्यस क्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — काठमाडौंमा बढ्दो सवारी चाप नियन्त्रण गर्न र अव्यवस्थित पार्किङ् प्रणालीलाई बिस्थापन गर्न अपरिहार्य भएको बताउँदै प्रस्तावकले दिएको बनिबनाउ परियोजनाभन्दा आधारबाटै महानगर सहभागी भएको परियोजना महानगरको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । जरुरी छ, नभइ हुँदैन तर एकैपटक जटिल खालको प्रबिधि ल्याउने नसोचौं । शुरुवात्मा सामान्य प्रबिधिको उपयोग गरौं, यसलाई बिस्तार र बिकास गर्दै लैजाऔं, उपाध्यक्षको भनाइ थियो ।

पार्किङ्को समस्या झेलिरहेका सहरबासीले तत्काल सहज महसुस गर्ने खालको परियोजना सञ्चालन गर्न खोजेका हौं । बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले, तहगत छलफल र बैठकबाट निष्कर्षमा पुगिने बताउनुभयो ।

काठमाडौं महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सशुल्क पार्किङ् सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रुली योर्स प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवाल, सहरमा भएका कारहरु ९० प्रतिशत समय पार्किङ्मै बस्ने र बाँकी ५ प्रतिशत मात्र सडकमा गुड्ने भएकोले पार्किङ्मा समस्या देखिएको बताउनुभयो । काठमाडौंमा भर्टिकल पार्किङ् प्रणाली नै उपयुक्त छ, सामाजिक परिस्थिति हेरेर काम गर्नुपर्छ, उहाँको सुझाव थियो ।

अहिले प्रस्ताव गरिएको पार्किङ् पजल ढाँचाको एकै पटक १३ वटा कार पार्किङ् गर्न मिल्ने खालको हो । यस प्रकारको पार्किङ् प्रणालीले व्यापारिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष लाभ पु¥याउने अध्ययन टोलीको भनाइ थियो ।

बैठकमा सार्वजनिक निजी साभेदारि इकाइका प्रमुख ध्रुवकुमार काफ्ले, भौतिक पूर्वाधार बिकास बिभागका इञ्जिनियरहरु प्रेमबहादुर श्रेष्ठ र जनार्दन गिरीलगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत