लोक सांस्कृतिक महोत्सवमा १० देशका कलाकार

१०० जना कलाकारको धिमे नृत्य प्रस्तुत

DSC_2905फागुन १८

काठमाडौं । काठमाडौंको बसन्तपुर डवलीमा बिभिन्न ११ देशका लोक कलाकारहरुले आफ्ना—आफ्ना देशका लोक प्रस्तुति देखाएका छन् । १० औं अन्तरराष्ट्रिय लोक सांस्कृतिक महोत्सवअन्तर्गत आइतबार आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्रस्तुति देखाएका हुन् ।

नेपालका बिभिन्न सहरहरुमा देखाइने अन्तरदेशीय लोक नृत्यका लागि इष्टोनिया, म्याक्सिको, बंगालादेश, भारत, मलेसिया, बुल्गेरिया, डेनमार्क, इजरायल, श्रीलंका, इजिप्टबाट कलाकार आएका छन् । उनीहरुका साथमा नेपाली कलाकारहरुले पनि प्रस्तुति गरेका छन् । एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको कार्यक्रम गएको शनिवार शुरुवात् भएको थियो । त्यसपछि काठमाडौंको कार्यक्रमलाई बज्रकला कुञ्जले काठमाडौं महानगरको सहयोगमा आयोजना गरेको थियो ।

DSC_2600बसन्तपुरमा नृत्य प्रस्तुत हुनुअघि जमलबाट सांस्कृतिक ¥याली निकालिएको थियो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ¥यालीको शुभारम्भ गर्नुभएको थियो । ¥याली कमलाछी, असन, बालकुमारी, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, सानो पशुपति, हनुमानढोका, शिवपार्वती डवलीहुँदै बसन्तपुर डवली पुगेको थियो । ¥याली शुरुवात् हुँदा वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले, असनमा पुगेपछि वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले र मखन पुगेपछि वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले कलाकारलाई परम्परागत खादा ओढाएर तथा टीका लगाइदिएर स्वागत गर्नुभएको थियो ।

यसप्रकारका कार्यक्रमले अन्तरदेशीय समाज व्यवस्थापन र लोक जीवनका बिषयमा जानकारी लिन सहयोग पुग्ने बताउँदै कार्यक्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले — महोत्सवले निरन्तरता पाउनु पर्ने बताउनुभयो । यसप्रकारका महोत्सवले पर्यटन प्रवर्धनमा टेवा पुग्छ । भाइचारा र सद्भाव बढ्छ । यतिमात्र होइन अमूर्त सांस्कृतिक सम्पदा बचाउन सहयोग पुग्छ । यसकारण यस्ता कार्यक्रम संख्यात्मक रुपमा बढ्दै जानुपर्छ, उपप्रमुखको टिप्पणी थियो ।

हामी यस्ता कार्यक्रममार्फत काठमाडौंका शास्त्रीय र लोक नृत्यको प्रवर्धन गर्न चाहन्छौं । कार्यक्रममा बज्र कलाकुञ्जका चर्या नृत्य गुरु चन्द्रमान मुनिकारले अन्तरदेशीय मैत्रीभावका लागि यो कार्यक्रम उपयुक्त रहेको बाताउनुभयो ।

यसपछि कास्कीको पोखरा ललितपुरको पाटन दरबार स्क्वायरलगायतका ठाउँमा प्रदर्शन हुने लोक नृत्यले सरकारले सञ्चालन गरिरहेको नेपाल पर्यटन बर्षलाई सघाउ पु¥याउने आयोजकले बताएका छन् ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत