सम्पत्ति धितोमा लगानी गरेर मात्र उद्यमशिलता बिकास हुँदैन : के—हवलाई सरोकारवालाको सुझाव

नयाँ सोच आफैं जोखिम मोलेर अघि बढ्दैछन्, उनीहरुको दुःखमा सरकारको साथ चाहिन्छ

DSC_2210फागुन १६

काठमाडौं । उद्यमी बन्न बित्तिय संस्थाले सम्पत्ति धितो राखेर लगानी गर्छन् । सोचमा लगानी गर्दैंनन् । यसकारण सम्भावना भएका क्षेत्रमा पनि उद्यमशिलता बढेको छैन । लगानीको जोखिम मोलेर उद्यमी बनेकाहरुले काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब)लाई सुझाव दिएका छन् । बिहीबार काठमाडौं महानगरको सहरी योजना आयोग र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपि) ले संयुक्त रुपमा आयोजना गरेको ‘कलेक्टिभ इन्टेलिजेन्स कार्यशाला’मा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

लगानीका क्षेत्र धेरै छन् । यसका काम गर्न सकिन्छ । अर्कोतिर सञ्चालनमा भएका उद्यमहरुलाई नयाँ सोचबाट थप शशक्त बनाउन सकिन्छ । यस्ता सानातिना प्रयासले पनि व्यक्ति, समाज र परिवारलाई आर्थिक रुपमा रुपान्तरण गराउँछ । यसका लागि सरकारले नयाँ र सृजनशील सोचलाई फस्टाउने वातावरण बनाइदिनुपर्छ, सहभागीहरुको दिएको सुझाव थियो ।

DSC_2370त्यस क्रममा बोल्दै, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — नयाँ र सृजनशील सोचलाई ५ चरणका प्रक्रिया पूरा गराएर उद्यममा रुपान्तरण गर्न सकिने बताउनुभयो । यी चरणमध्ये कुनै एक चरण छोड््यो भने जोखिमको खतरा बढ्ने उहाँको भनाइ थियो । बस्नेतका अनुसार नयाँ सोच निर्माण, त्यस प्रक्रियाको पहिलो चरण हो । त्यसपछि सोचअनुसार काम गर्दा उत्पादित बस्तुले बजार पाउँछ कि पाउँदैन भनेर बजार बिश्लेषण गर्नुपर्छ । तेश्रो चरणमा कामलाई सहज बनाउन कुन प्रबिधि उपयुक्त हुन्छ थाहा पाउनु पर्छ । यस चरणमा थोरै प्रयासमा धेरै उत्पादन कसरी ल्याउने भन्ने कुराको बिश्लेषण हुन्छ । प्रक्रियाको चौथो कानुनी प्रबन्धका बिषयमा जानकारी लिनुपर्छ । यी सबै कोणबाट सोचलाई बिश्लेषण गरिसकेपछि लगानीको चरण आउँछ । उपाध्यक्ष बस्नेतका अनुसार उद्यमी बन्न चाहने युवालाई यी सबै चरणका बारेमा जानकारी दिएर योजनाबद्ध काम गर्न सक्ने उद्यमी उत्पादन गर्ने के हबको लक्ष्य हो ।

DSC_2203त्यस क्रममा बोल्दै महानगरको अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले — आफ्नै परिवेशमा भएका सम्भावनालाई आयमा रुपान्तरण गर्न महानगरले नीति कार्यक्रममा व्यवस्था गरेको जानकारी दिनुभयो । यसबाट साना—साना प्रयासबाट ठूला—ठूला उपलब्धी हासील हुनेछन् । युवाहरुले बेरोजगार भएर वा निष्क्रिय भएर बस्नु पर्नेछैन, काफ्लेको भनाइ थियो ।

के हब, सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहरका युवाका लागि थालिएको कार्यक्रम हो । कार्यशालापछि आगामी कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै सहरी आयोगको सचिवालयका प्रमुख रविनमान श्रेष्ठले — क्षेत्रगत रुपमा प्राप्त भएका सुझावका आधारमा आगामी कार्यक्रम सञ्चालन गर्दै लगिने योजना सुनाउनुभयो । कार्यशालामा युएनडिपिको एक्सिलेरेसन ल्याबका प्रतिनिधि एवं हेड अफ एक्पेरिमेन्टेसन, बिषम ज्ञवाली र हेड अफ सोलुसन म्यापिङ् अलिष्का बज्राचार्यले सहभागीलाई समूहगत छलफल गराएर बिषयगत धारणा संकलन गर्नुभएको थियो । धारणा संकलनका लागि वातावरण, राजनीति, आर्थिक तथा बित्तिय क्षेत्र, सामाजिक क्षेत्र, कानुनी व्यवस्था, प्रबिधि, अनुसन्धान तथा अन्य क्षेत्र राखिएका थिए । यी क्षेत्र र उद्यमशिलताको अन्तरसम्बन्ध थाहा पाउन मानिस र तथ्याङ्क संकलन, तथ्याङ्कको संयोजन, सामुहिक बुद्धिमत्ताको प्रयोग, सूचना र नतिजाको व्याख्या जस्ता सूचकहरु प्रयोग गरिएका थिए ।

सोच भएका तर लगानी गर्ने बाटो पत्ता नलगाएका अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपना, कार्यक्रम सञ्चालन ढाँचा तयार पार्न कार्यशालाको आयोजना गरिएको हो । प्राप्त सुझावका आधारमा उद्यम तथा साना उद्यम, न्युन लगानी भएका तथा स्वरोजगारमुलक व्यापारजस्ता उत्पादनमुलक क्षेत्रका बिषयमा सिकाइ प्रवर्धन र सञ्जालीकरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइन्छ ।

‘नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमका कार्यक्षेत्र हुन् ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत