सडकबाट उद्धार गरिएका ७४९ जनामध्ये ५८८ जनाको पारिवारिक पुनर्मिलन ७ जनाको मृत्यु

संघीय मन्त्रालय र अधिकारवादीसँग बसेर एकपटक कुरा सुनौं — मेयर शाक्य


DSC_1911फागुन १२

काठमाडौं । काठमाडौंमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभएको छ । सडकलाई बेसहारा, अभिभावनबिहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको संयोजक एवं महानगरका प्रमुख शाक्यले सोमबार बसेको मुल बैठकमा — बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र जेष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानव अधिकारका सवालमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनु पर्ने बताउनुभएको हो ।

जसको कोही छैन । केही छैन । यसको गाँस बास र कपासका लागि खर्च दिन महानगर तयार छ । प्रमुख शाक्यले थप्दै भन्नुभयो —हामीले व्यक्तिलाई समस्यामा पार्न खोजेका होइनौं । बस्ने घर हुँदा हुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सृजना कसैले नगरुन् भन्ने हाम्रो ध्येय हो । हामीले यो अभियान चलाइरहँदा अधिकारको कुरा उठेको छ । यसका बिषयमा पनि छलफल गरौं । त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — अभियानको दिगोपनाका ख्याल पु¥याउनु पर्ने धारणा राख्नुभयो । सडकमा बस्दा खान, लाउन पाइन्छ भनेर बाहिरबाट मान्छे आउने खतरा छ । यो खतराको पूर्वअनुमान गरेर आगामी कार्यक्रम तय गर्नुपर्ने उहाँको भनाइ थियो ।

DSC_1953सडकमा माग्न बसेकालाई दिनमा उठायो, रातमा आउँछन्, रातमा उठायो दिनमा आउँछन् । यहाँ त सुरक्षाको पनि कुरा छ, बैठकमा बोल्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो — मन्दिरको बाहिर बसेर माग्नेहरुलाई व्यवस्थापन गर्नुपर्छ । त्यस क्रममा समितिका सदस्य सचिव एवम् सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरले, सडकमा बेसहारा भन्दा मादक पदार्थ र लागु औषध दुव्र्यसन गर्ने व्यक्ति धेरै रहेको उल्लेख गर्नुभयो । यो समस्या समाधान गर्न नेपाल प्रहरी साथसाथै जानुपर्छ । त्यस क्रममा बोल्दै सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले भन्नुभयो — गाडी रोकिएका बेला माग्न आउनेलाई नियन्त्रण गर्न जरुरी छ । त्यस्तै भरियाहरुको चहलपहल हुने ठाउँको बिहान ४ बजेदेखि नै भट्टी पसल खोल्न रोक्नुपर्छ ।

बैठकमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मंसिर २९ गते शुरुभएको अभियानदेखि फागुन ११ गतेसम्मको प्रगति प्रस्तुत गर्दै यस अवधिमा ७४९ जना व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो । यीमध्ये ६९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो । यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन । उद्धार गरिएकामध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो — ७० जनाको स्क्रिनिङ् हुन बाँकी छ । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको छ ।

उद्धार गरिएका व्यक्तिको अवस्था हेरीकन स्क्रिनिङ् सेन्टरमा कम्तीमा ५ दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिहरुमा १६ बर्षमाथि ४० बर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् । तीमध्ये पनि रक्सी र लागू औषधको प्रयोगकर्ता धेरै छन् । भरियाहरु भएको ठाउँमा बिहान ४ नबज्दै भट्टी पसल खुल्ने भएकोले उनीहरुमा यसप्रकारको कुलत भएको अभियानकर्ताको निष्कर्ष छ ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले — ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पु¥याउन सक्ने धारणा राख्नुभयो । शान्ति सुरक्षासँग सम्बन्धित काममा हामी साथमै छौं, बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले सहकार्यमा साथ रहेको बताउनुभयो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत