जमिन पुनभरणलाई पूर्वाधार बिकास योजना र खुल्ला क्षेत्र संरक्षणसँग अन्तरसम्बन्धित बनाउन सुझाव

सरोकारवाला सम्लग्न कन्सोटियम बनाएर ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाइने — सहरी योजना आयोग

DSC_1361फागनु ८

काठमाडौं । महानगरको जमिनमा पानी पुनभरण गर्ने काठमाडौं महानगरको ‘रिचार्ज काठमाडौं’ अभियानलाई कन्सोटियम बनाएर अघि बढाउने प्रस्ताव अघि सारिएको छ । महानगरको अगुवाईमा पानीसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी संस्थालाई सहभागी कन्सोटियम बनाउने र त्यसै मार्फत अभियान चलाउँदा राम्रो हुन्छ । बिहीबार राजधानीमा महानगरको सहरी योजना आयोगले आयोजना गरेको ‘रिचार्ज काठमाडौं’ अन्तरक्रिया कार्यक्रममा आयोगका उपाध्यक्ष सरोज बस्नेतले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

DSC_1294अन्तरक्रियामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — ‘पानी जमिनमुनि पठाउने अभियान महत्वपूर्ण छ । योजत्तिकै अर्को महत्वपूर्ण काम भनेको जमिनमुनिबाट अत्याधिक रुपमा भइरहेको पानीको दोहन रोक्नु पनि हो । यसका लागि जमिनमाथि बगेर जाने पानी जमिनमुनि पठाउने र पूर्वाधार बिकासका काम गर्दा पानी व्यवस्थापनलाई केन्द्रमा राख्ने काम गर्नुपर्छ ।’ यो अभियानका व्यक्ति व्यक्तिको भूमिका ठूलो हुन्छ । उहाँले थप्दै भन्नुभयो — मैले मेरो घरमा आकाशे पानी संकलन गर्ने प्रणाली जडान गरेकी छु । यही कारण मलाई १२ महिना पानीको दुःख छैन । अन्तरक्रियामा बोल्दै महानगरका प्रबक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, अहिलेसम्म जमिनमुनिको पानी तान्ने मात्र काम भएको, भर्ने काम नभएकोले काठमाडौंको जमिनमुन िपानीको सतह घट्दै गएको बताउनुभयो । यसले सहरी सुबिधा प्राप्त गर्ने सन्दर्भमा मात्र हसर गर्दैन प्राकृतिक वातावरणमा समेत आघात पर्दै गएको छ । प्रबक्ता डंगोलले महानगरको योजनाका बिषयमा कुरा गर्दै भन्नुभयो — ‘हामीले यस अघि नै आकाशे पानी संकलन प्रबिधि जडान गर्ने घर धनीलाई नक्सा पास दस्तुरमा १० प्रतिशत छुट दिएका छांैं । अब जमिनमा पानी पुनभरण गर्ने घरधनीलाई सम्पत्ति करमा सहुलियत दिने बिषयमा छलफल चलाउन सकिन्छ ।’ बर्खामा परेको पानी जमिनमुनि पठाउने प्रणाली हरेक घरधनीले बिकास गर्न सक्छन्, प्रबक्ता डंगोलको भनाइ थियो । आकाशे पानी संकलन गरेर लुगाधुने र शौचालयका लागि मात्र होइन, पिउन पनि सकिन्छ । हामीले यो अभ्यास गरिसकेका छौं । प्रवक्ता डंगोलले थप्दै भन्नुभयो — मेरो वडा कार्यालयमा आकाशे पानी संकलन प्रणाली जडान गरेको छु ।

DSC_1296अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले, आगामी ३ बर्षमा परिणाम ल्याउन महानगरले करीब ३ करोड रुपैयाँ बिनियोजन गर्ने यस रकममा सरोकारवालाको रकम मिसाएर एकीकृत कार्यक्रम गर्ने योजना सुनाउनुभयो । कन्सोटियमले काठमाडौंमा आकाशे पानी संकलनको अवस्था, पूर्वाधार बिकास, खाली ठाउँको उपलब्धता, आवश्यक नीतिगत व्यवस्थामा सहजीकरण र पानी पुनभरण अभियान सञ्चालन गर्ने उपाध्यक्ष बस्नेतको भनाइ छ । अहिले सहरी व्यवस्थापनको योजनामा पानीको महत्व देखिएको थिएन । महानगरले अगुवाई गरेको छ । यो सकारात्मक कुरा हो, अन्तरक्रियामा पूर्व मन्त्री गणेश शाहले भन्नुभयो — पोखरी र पार्कको योजना र व्यवस्थापनलाई अन्तरसम्बन्धित बनाइनु पर्छ । अत्याधिक पानी खपत हुने अस्पताल, हाउजिङ्, होटल र हाइयर एजुकेशन इन्स्टिच्युटहरुले जमिनमुनिबाट निकालिरहेको पानी रोक्नु पर्छ । तिनै ठाउँमा पानी पुनभरण प्रणाली जडान गरिनुपर्छ । सहरी योजना गर्दा पानीको महत्वलाई छोडेर काम गरियो, त्यसको परिणाम अहिले भोगिरहेका छौं, पूवमन्त्री शाहको भनाइ थियो ।

DSC_1340महानगरको वडा १५ मा रहेको पलेस्वाँ पुखु (भुइपोखरी) मा बार्षिक करीब ३ करोड २० लाख लिटर आकाशको पानी भण्डारण हुने गरेको छ । एकीकृत सहरी बिकास केन्द्र (सियुआइडि) का बरिष्ठ कार्यक्रम अधिकृत यसमान कर्माचार्य भन्नुहुन्छ — काठमाडौं महानगरको किलाघः क्षेत्रलगायत कीर्तिपुर, ललितपुर र भक्तपुरमा यस अघि नै प्रयोग भइसकेको बताउनुभयो । यो सम्भव छ र गर्नुपर्छ, उहाँको सुझाव थियो । जलबायु परिवर्तन, बनबिनाश र माटोको नाश, अव्यवस्थित भूउपयोगका कारण पानीका श्रोतहरु सुक्दै गएका छन् । अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ खानेपानी वितरण तथा सरसफाइ बिज्ञ हरिप्रसाद शर्माले — यसको समाधानका लागि जमिनको पुनभरण प्रमुख बिकल्प भएको उल्लेख गर्नुभयो । बढ्दो जनसंख्याका कारण उत्पादन भएको फोहोरमैला, सन्तुलन मिलाउन नसकिएको सरसफाइले खाद्यान्न, उर्जालगायतका क्षेत्रमा पनि नकारात्मक प्रभाव परेको छ । यसप्रकारकार वातावरणीय दुष्प्रभाव रोक्न पानी जमिनमा पानीको पुनभरण गर्नुपर्छ, शर्माले जोडदिनुभयो ।

काठमाडौंको जमिनबाट घट्दै गएको पानीका सतह व्यवस्थापन गर्न पानीको पुनभरण गर्नु उत्तम बिकल्प हो । हाइड्रो जिओलोजिस्ट अनुज खनाल भन्नुहुन्छ — अभियानका रुपमा सञ्चालन भएपछि यसले परिणाम ल्याउँछ ।

काठमाडौंको जमिनमा ढुङ्गा, इटा र कङ्क्रिट बिछ््याएकोले समस्या बढेको बताउँदै अन्तरक्रियाका सहभागीहरुले काठमाडौं महानगरले यस प्रकारको सहरी चरित्र व्यवस्थापनमा नीति बनाएरै ध्यान पु¥याउनु पर्ने सुझाव दिनुभयो । सहरका नदीका दुवै किनारामा कङिक्रटको पर्खाल लगाइएको छ, यसले नदी आसपासको क्षेत्र ओसिलो हुन पाएन । यसलाई सच्याउनु पर्छ । ठूला भवन निर्माण भएर खाली ठाउँमा रिचार्ज पोखरी वा इनार बनाउनुपर्छ । घरमा उत्पादन भएको तरल फोहोर ढलमा राखेर नदीमा होइन, इनारमा राखेर जमिनमुनि पठाउनुपर्छ । ठूला होटल, उद्योग र कलकारखानाले २४ सै घण्टा जमिनमुनिको पानी तानिरहेका छन् । यसलाई नियमन गर्नुपर्छ । परम्परागत ढुङ्गेधारा तथा पोखरीलाई पुनजीवन दिनुपर्छ । सम्पदा क्षेत्रमा भएका खाली ठाउँबाट पानी जमिनमुनि पठाउन पुरातत्व बिभागसँग सहकार्य गर्नुपर्छ । अन्तरक्रियामा सहभागीहरुले ‘रिचार्ज काठमाडौं’ को दिगोपनाका लागि सुझाव दिनुभएको थियो ।

रिचार्ज प्रणाली जडान गर्नुभन्दा महत्वपूर्ण काम भनेको त्यसलाई निरन्तर सञ्चालन गर्नु र मर्मत सम्भार गर्नु हो । पुनभरणका लागि इनार बनाएर सञ्चालन गरेको पहिलो दिनबाटै यो काम शुरु हुनुपर्छ, अन्तरक्रियामा प्राप्त भएको अर्को महत्वपूर्ण सुझाव थियो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत