बानेश्वरको सार्वजनिक शौचालय वडालाई हस्तान्तरण

जेष्ठ नागरिक, पर्यटक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क

DSC_9908माघ २९

काठमाडौं । नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण भएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण भएको छ । पार्कमा बुधबार आयोजना गरिएको औपचारिक कार्यक्रममा एभरेष्ट बैङ्ककातर्फबाट शौचालयको साँचो वडा १० का अध्यक्ष रामकुमार के. सी. लाई हस्तान्तरण गरिएको हो । व्यवसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र १ वटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि १ वटा छुट्टाछुट्टै ठाउँ छन् ।

DSC_9859शौचालयको साँचो बुझिसकेपछि कार्यक्रममा बोल्दै वडाध्यक्ष के. सी. ले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताउनुभयो । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बाहिर एउटा राम्रो शौचालय नहुँदा वडालाई पनि अप्ठ््यारो महसुस भएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत शौचालय प्राप्त भएको छ । अब यसलाई गुणस्तरीय ढङ्बाट सञ्चालन गर्छौ । वडाध्यक्षले थप्दै भन्नुभयो — शौचालयबाट उत्पादन भएको मलमुत्रबाट बायोग्याँस उत्पादन गरिनेछ भने सरसफाइमा कुनै कमी हुनेछैन ।

अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ । यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ । वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ ।

शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दे बैङ्कका नायव महाप्रबन्धक आशुतोष शर्माले, व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताउनुभयो । त्यस्तै संस्थागत उत्तरदायित्व समितिका सदस्य डा. गणेश गुरुङ्ले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताउनुभयो । प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गर्ने तयारी छ ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत