लुम्बिनीको बज्रयान महाबिहारका लागि काठमाडौँ महानगरपालिको चार करोड अनुदान

काठमाडौंको पहिचान लुम्बिनीमार्पmत बिश्वसामु पु¥याउन सहयोग गरिएको — मेयर शाक्य

DSC_003माघ २६

काठमाडौं । लुम्बिनीमा निर्माणाधीन ब्रजयान महाविहारमा कलात्मक आँखीझ्याल र प्रवेश द्वार बनाउन काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ अनुदान दिएको छ । शनिबार राजधानीमा भएको औपचारिक समारोहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महाविहार संचालक समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरणपछि समारोहलाई सम्वोधन गर्दै मेयर शाक्यले, नेपाल चिनारीका रुपमा रहेका गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामु परिचित भएको उल्लेख गर्दै, लुम्बिनीमार्फत काठमाडौंको पहिचान बिश्वभर पु¥याउन सहयोग गरिएको बताउनुभयो । ‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भन्नुभयो, ‘तर, लुम्बिनीमा नेपाली मौलिकभन्दा अन्य देशका महाबिहार धेरै छन् । गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालका महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था छ । यो खिन्नता कम गराउन महानगरले सहयोगको हात कार्यक्षेत्र बाहिर बढाएको हो । उहाँले भन्नुभयो — अब लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहारभित्र छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउनेछन् ।

मेयर शाक्यले काठमाडौँ महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने भएको भन्दै अरु स्थानीय तहलाई पनि उदाहरण होस भनेर त्यहाँ अनुदान दिएको बताउनुभयो । ‘लुम्बिनी सारा नेपालीको गौरव हो । महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने अधिकांश सम्पदा पुर्ननिर्माणको कामलाई तीव्रता दिएको छ । विश्वका सामु पनि गौरव गर्ने लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सानो रकम अनुदान दिन पाउँदा खुशी लागेको छ ।’ मेयर शाक्यले नेपाल भ्रमण वर्ष २०२० नसकिदैँ बिहार निर्माणको काम सम्पन्न हुने अपेक्षा गर्नुभयो ।

DSC_004‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौँ । तपाईँहरुले छिट्टै निर्माण सम्पन्न गर्नुभयो भने हरेक पर्यटक लुम्बिनी घुम्न आउँदा एक पटक त्यहाँ पसेर मात्रै जानेछन्,’ उहाँले भन्नुभयो, ‘पछि थप कामका लागि पनि हामीलाई अनुदान दिन सजिलो हुन्छ । तर, अब लगानी आइहाल्यो भनेर ढिलासुस्ती गर्नुभयो भने चाँहि हामीलाई पनि नमज्जा हुन्छ ।’ उहाँले बज्रयान महाविहार निर्माणका लागि राज्यको पनि ध्यान गएको छ भन्ने सन्देश दिनका लागि संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई समेत साक्षी राखेर अनुदान दिएको बताउनुभयो ।

मेयर शाक्यले महानगरपालिका पैसा अनुसारको योजना होइन योजना अनुसार पैसा दिन तयार रहेको भन्दै आफ्नै कार्यकालमा महानगर क्षेत्र भित्रका धेरै योजनाहरु पूरा गरि छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘हामी काम गर्न चाहन्छौ,’ मेयर शाक्यले भन्नुभयो, ‘तर, एउटा समूह छ । जुन समूह महानगरपालिकाले जहाँ–जहाँ काम गर्न हात हाल्छ । त्यहाँ–त्यहाँ खोजेर मुद्दा हाल्न अदालततिर जान्छ र कामलाई अवरोध गर्छ ।’
उहाँले पछिल्लो सयम रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, काष्ठमण्डपलगायतका सम्पदा पुर्ननिर्माणले गति लिएको भन्दै अवरोधहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो ।

त्यस अवसरमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि आर्थिक, सामाजिक र सांस्कृतिक गतिबिधिमा चहलपहल बढेको उल्लेख गर्नुभयो । पूर्वाधार बिकास सबैको प्राथमिक काम हो । यसका अतिरिक्त देश विदेशमा रहने तथा धार्मिक र सांस्कृतिक पर्यटनमा रुची हुनेहरुका लागि आकर्षक र कलात्मक स्थान निर्माण गर्न लुम्बिनीलाई सहयोग गरिएको हो, उपप्रमुखले थप्दै भन्नुभयो — बाहिर मात्र सहयोग गरेको नठान्नुहोला । काठमाडौंभित्रका समस्या समाधान गर्न हामी तत्पर छौं । वडासमितिका जनप्रतिनिधि वा सोझै मेयर उपमेयरलाई योजना दिनोस्, हामी माग सम्बोधन गर्छौं ।

लुम्बिनी नगरपालिकाका मेयर मनमोहन चौधरीले, काठमाडौँ महानगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेको लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘लुम्बिनी र सगरमाथाको पहिचानलाई विश्वभर फैलाउन नसक्ने हो भने नेपालको पहिचान अधुरो हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यही लुम्बिनीमा बन्ने बज्रयान महाविहारले अब विश्वबाट घुम्न आएका पर्यटकलाई प्रफुल्ल बनाएर पठाउने छ । हाम्रो ठाउँबाट पनि सक्दो सहयोग गर्न तयार छौँ ।’ मेयर चौधरीसँगै उपमेयर जानकीदेवी श्रीवास्तव पनि चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन लुम्बिनीदेखि आउनु भएको थियो ।

काठमाडौं महानगर स्थानीय भाषा, कला, साहित्य र सृजनाको प्रवर्धनमा सक्रिय छ । समारोहमा महानगरको सम्पदा तथा पर्यटन बिभागका संयोजक एव)ं वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जनले भन्नुभयो — कलाको सम्भार तथा संरक्षण र प्रवर्धनमा सबैको सोच एउटै हुनुपर्छ । त्यस अवसरमा नेपाल बज्रयान महाविहार संचालक समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यले बिहार निर्माणका लागि आर्थिक अभाव नभई राज्यको उपस्थिति देखाउन महानगरसँग अनुदान लिएको बताउनुभयो । ‘हामीलाई बिहार निर्माणका लागि विभिन्न विदेशी संस्थाहरुले सहयोगको हात बढाउनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘हामी विदेश होइन स्वदेशी लगानीमै नेपाल बज्रयान महाविहार निर्माण गर्न सक्छौँ भन्ने सन्देश दिन र नेपाली कला–संस्कृतिको जगेर्नाका लागि महानगरपालिकासँग अनुदान लिएका हौँ ।’ उहाँले अहिलेसम्म करीब १२ करोड खर्च भएको भन्दै अझै कतिसम्ममा निर्माण सम्पन्न होला भन्ने यकिन नभएको बताउनुभयो ।

समितिका उपाध्यक्ष चन्द्रबहादुर शाक्यले करीब ३४ वर्ष नेपाल वायुसेवा निगमको जहाज उडाएको अनुभव आफूसँग भएको भन्दै आफूलाई जहाज उडाएपछि सुरक्षित अवतरण गर्नुपर्छ भन्ने हेक्का भएको भन्दै बिहार निर्माणमा पनि त्यही अनुभव उपयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठ, वीणा श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य तथा जनसाधारण सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समिति ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण शुरु गरेका हुन् ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत