कुलपति कर्माचार्यको समितिले मेयर शाक्यलाई स्कल्पचर सम्बन्धि प्रतिवेदन बुझायो

काठमाडौंको मौलिकता देखिन कलाकृति निर्माण गर्न हामीले १० करोड रुपैयाँ छुट््याएका छौं, काम गरौं — मेयर शाक्य

DSC_8822माघ २२

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यको संयोजकत्वमा गठित स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समितिले बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । काठमाडौंका सार्वजनिक स्थानमा मूर्ति, चित्र तथा अन्य आकृति चिनारीको निर्माण तथा प्रतिस्थापन गर्न अध्ययन गर्न गठन गरिएको समितिले तत्काल भित्ते चित्रलेखनको कामबाट कला प्रदर्शन गर्न सकिने शिफारिससहित प्रतिवेदन दिएको हो । प्रतिवेदन बुझाउँदै कुलपति कर्माचार्यले भन्नुभयो — गौशाला, बबरमहल, सुन्धारा, भद्रकालीलगायतका स्थानमा तिनै ठाउँका मूर्त अमूर्त कला देखिने चित्रलेखन गर्न सकिन्छ । मूर्ति र आकृति निर्माणका लागि नियमित काम गर्ने समूह बनाएर, स्थानको उपलब्धता र आवश्यकताका आधारमा काम गर्न सकिन्छ, आफूले गरेको शिफारिसका बारेमा कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

DSC_8847प्रतिवेदन बुझ्दै मेयर शाक्यले भन्नुभयो — ‘स्थानीयबासीको भावना र काठमाडौको पहिचान हुने खालका आकृति हाम्रै पालामा प्रतिस्थापन गर्ने लक्ष्यअनुसार काम गर्नुपर्छ । महानगरले यसका लागि १० करोड रुपैयाँ बजेट छुट््याएको छ ।’ सम्पदा संरक्षण र पर्यटन बर्षमा महानगरका कार्यक्रम जोड्दै मेयर शाक्यले थप्नुभयो — ‘नेपाल पर्यटन बर्षमा नेपाल आउने पर्यटकले काठमाडौंको चिनारी बुझेर जान पाउन् भन्ने मेरो इच्छा छ ।’ पुर्खाले गरेका कामको महिमा पुस्तान्तरण गर्दै आफ्ना पालामा पनि बर्षौसम्म सम्झना गर्न सकिने काम गर्ने उहाँको भनाइ थियो ।

DSC_8898त्यस क्रममा समितिका सदस्यहरुले — महानगरले पार्क निर्माणको योजना गर्दा कलाकारलाई सामेल गराउँदा पार्कमा राख्न सकिने आकृतिका बारेमा सँगसँगै ढाँचा बनाउन सकिने सुझाव दिँदै आकृति तथा कला प्रतिस्थापनका लागि नियमित काम गरिरहने समूह निर्माण गर्नुपर्ने आवश्यकता देखाउनुभएको थियो । त्यस्तै कला निर्माण गरिरहँदा कला प्रतिस्थापन गरिने ठाउँ, ती ठाउँको महत्व, स्थानीय भावना, कलाले दिने सन्देश लगायतका बिषयमा गहन अध्ययन र छलफल हुनु पर्ने पनि बिज्ञहरुको सुझाव थियो ।

सार्वजनिक ठाउँमा कला, मूर्ति, प्रतिमा वा आकृति राख्दा काठमाडौं उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा सम्पदाको गरिमा बिम्बित कसरी गर्न सकिन्छ? महानगरले निर्देशक समितिबाट सुझावको अपेक्षा गरेको थियो । समितिबाट सुझाव आएको छ — अब यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सोच निर्माण गर्ने बिज्ञहरुलाई सँगै लिएर काम गर्दा फलदायी हुन्छ, त्यस क्रममा समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापाले धारणा राख्नुभयो ।

पर्यटकको स्मृतिमा काठमाडौंको चिनारी रहिरहोस् भन्नका लागि महानगरले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गरेको थियो । समितिको सदस्य सचिवमा महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापा र सदस्यमा कलाकारहरु सुनिल रञ्जितकार, एक्काराम सिंह, धर्मराज शाक्य, सुष्मा राजभण्डारी र महानगरको सहरी योजना आयोगको सचिवालयकातर्फबाट मनराजा रञ्जित हुनुहुन्थ्इो ।

२०७६ साउन १० गते बसेको नगर कार्यपालिकाको बैठकले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंको चिनारीसँग जोडिएको चित्रकला, मूर्तिकला, धातुकला, काष्ठकला र प्रस्तरकलाको मौलिक सृजना र आधुनिक बिकास प्रणालीको अन्तरसम्बन्ध बिम्बित हुने सृजना प्रतिस्थापन गर्नु महानगरको कार्यक्रम हो ।

 

 

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत