वडा ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद व्यवस्थापन तालिम केन्द्र शुभारम्भ

६० मिटर अग्लो भ¥याङ् र ६ हजार लिटर पानी अट्ने दमकल गरी ३ वटा खरिद प्रक्रियामा — मेयर शाक्य

DSC_5533मंसिर २८

काठमाडौं । काठमाडौंका सम्भावित आगोजन्य बिपद् व्यवस्थापन गर्न क्षेत्र बिस्तार गरिएको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — ६० मिटर अग्लो ल्याडर (भ¥याङ्) र ६ हजार लिटर पानी ट््याङ्की क्षमता भएको दमकल गरी ३ वटा अत्याधुनिक उपकरण खरिद प्रक्रियामा रहेको जानकारी दिनुभएको छ । महानगरको २५ औं बार्षिकोत्सवको अवसर पारेर वडा ६, को रामहिटीमा नवनिर्मित महानगर वारुण यन्त्र तथा तालिम केन्द्र भवनको उद्घाटन गर्दै मेयर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।

DSC_5565सहर अहिले धेरै बिस्तार भएको छ । तत्कालीन समयमा बसन्तपुर आसपासमा मात्र सहरी क्षेत्र थियो । त्यस समयमा सहरलाई मध्यनजर गरेर नयाँ सडकमा दमकल स्टेशन राखिएको थियो । अहिले सहर बिस्तार भएको छ । बिस्तारित सहरलाई आगोजन्य जोखिमबाट बचाउन हामीले रामहिटीमा दमकल स्टेशन राखेका हौं । मेयर शाक्यले थप्दै भन्नुभयो — यहाँबाट महानगरको उत्तरी क्षेत्रसँगै छिमेकी गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर र बुढानिलकण्ठ नगरमा पनि प्रत्यक्ष लाभ पुग्छ ।

बौद्ध क्षेत्रमा बारुणयन्त्र कार्यालय स्थापना हुनुले आफूलाई हर्ष महसुस भएको बताउँदै प्रदेश सभा सदस्य छिरिङ् दोर्जे लामाले यसबाट स्थानीयको क्षमता बिकासमा टेवा पु¥याउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । त्यसै क्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — दमकल सेवा बिस्तार गर्न सक्नु अहिलेसम्मका महत्वपूर्ण उपलब्धीमध्येको एक भएको बताउनुभयो ।

तालिम केन्द्र भवनको निर्माण महत्वपूर्ण हो । यो जत्तिकै महत्वपूर्ण कुरा भनेको यसको सही सञ्चालन पनि हो । यसका लागि म ध्यान दिनेछु । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले, अग्नि नियन्त्रकलाई प्रोत्साहन हुने कार्यक्रम र केन्द्रलाई देशैभरिका अग्नि नियन्त्रक तथा खोज उद्धारमा काम गर्नेहरुको तालिम केन्द्र बनाउनमा लाग्ने बताउनुभयो । त्यस क्रममा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले — यस केन्द्रबाट आफ्नो नगरमा प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । निर्माण व्यवसायीले समयमा काम नसकि दिँदा प्रगति देखाउन नपाएर हैरान भएका बेला तोकेकै समयमा यो भवन निर्माण सम्पन्न भयो । यो खुशीको कुरा हो, मेयर चालिसेको भनाइ थियो ।

DSC_5314दमकल सेवा विस्तारसँगै महानगरका कामको प्रभाव बिस्तारै समुदायमा पुग्न थालेको छ । कार्यक्रममा धारणा राख्ने क्रममा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले — दमकल सेवा विस्तारसँगै आगो नियन्त्रणका लागि उपकरण लैजान नसकिने गल्लीहरुमा बिपत्तिको सामना कसरी गर्ने? आफू त्यता पनि चिन्तित रहेको बताउनुभयो । बौद्ध क्षेत्रमा दमकल सेवा बिस्तार हुनुमा धेरै मानिसहरुको योगदान छ । विद्यालयले भोग गरिरहेको जमिन सार्वजनिक गर्न योगदान गर्नुहुने तत्कालीन वडा नागरिक मञ्चका प्रतिनिधि र स्थानीयको सहयोगबाट यो सम्भव भएको हो, कार्यक्रममा धारणा राख्ने क्रममा वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले अब यसबाट स्थाीयलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भवन कविन्द्र सिद्धार्थ जेभिलाई भवन निर्माण गर्न भ्याटसहित ८ करोड ६१ लाख १६ हजार ९९३ रुपैयाँमा कार्यादेश दिइएको थियो । ३.५ रोपनी क्षेत्रफल जमिनमा निर्माण भएको भवन साढे २ तले १२ हजार बर्गफुटको छ । भवनमा १ लाख ५० हजार लिटर क्षमताको पानी ट््याङ्की छ भने भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, ३ वटा दमकल राख्ने ठाउँ तालिमका लागि २ वटा सुविधा सम्पन्न कार्यक्रम स्थल रहेका छन् ।

२०७५ साउन २८ गते भवन निर्माणका लागि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको साढे १५ महिनामा भवन निर्माण सम्पन्न भएको हो । तोकेकै समयमा भवन निर्माण सम्पन्न गरेकोले उद्घाटन समारोमा कबिन्द्र सिद्धार्थ जेभिका निर्माण व्यवसायी यज्ञहरि महर्जनलाई सम्मान गरिएको थियो ।

अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार आजबाट केन्द्रमा एउटा दमकल, एउटा ल्याडर र एउटा रेक्क्यु जीप र २ वटा फायर बाइक राखिएका छन् । यी उपकरण सञ्चालन गर्न १५ जना अग्नि नियन्त्रक केन्द्रमा २४ सै घण्टा तैनाथ गरिएको छ ।

यसमा तपाइको मत