वडा १८ को पहिचान प्रवर्धन गर्न महोत्सव

स्थानीय मूर्त अमूर्त सांस्कृतिक चालचलनभित्रका रोचक पक्ष नै महानगरका गलिता पर्यटन पूर्वाधार हुन् — मेयर शाक्य

 

DSC_1882कार्तिक ३०

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण आधार भएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभएको छ । शनिबार वडा १८ ले किलाघः देखि नरदेवीसम्मको करीब २०० मिटर सडकमा सञ्चालन गरेको “भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” मा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । यो बर्ष अर्थात् आ. व. २०७६/०७७ मा लाई हामीले ‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार बर्ष’ का रुपमा लिएका छौं । यसै अनुसार काम गरिरहेका छौं । महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले भन्नुभयो — यसका लागि भित्री वडाहरुको महत्वपूर्ण योगदान छ । यससँगै बाहिरी वडाहरुको सांस्कृतिक सम्पदालाई प्रवर्धन गर्ने काम गरिरहेका छौं । महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले वडाको किलाः घः मा गएको आर्थिक बर्ष २०७५÷०७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा, मलामी गुठी भवन र डाँछी ईटाको पर्खाललगायत सांस्कृतिक सम्पदाको उद्घाटन गर्नुभएको थियो ।

DSC_1833 (1)पुननिर्माण हुनुअघि मलामी गुठी र नास द्यः को कम्पाण्ड जोडिएको तर छुट्टाछुट्टै थियो । पुननिर्माणका क्रममा दुवै जग्गालाई एकीकृत गरी ८ आना जग्गाको एउटै कम्पाउण्ड बनाइएको छ । जग्गालाई छुट््याउन मलामी गुठीतर्फ ब्लक इटा छापिएको छ भने नास द्यः तर्फ ढुङ्गा बिछ््याइएको छ । यसरी कम्पाउण्ड एउटै भएपछि सामाजिक काम गर्न ठाउँ फराकिलो भएको गुठियारहरुको भनाइ छ ।

महोत्सवको उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले — वडाबाट थालनी गरिएको महोत्सव सहरभरि प्रबर्धन गर्दै लगिने योजना सुनाउनुभयो । पर्व र समय बिशेष प्रदर्शन हुने नाच तथा बाद्यबादन, चालचलनलाई अभिलेखीकरण गर्ने, सम्पदा मार्गलाई व्यवस्थित गर्ने कामबाट पर्यटन प्रवर्धन गरेर स्थानीयबासीको आयमा वृद्धि गर्ने रणनीतिअनुसार काम भइरहेको उहाँको भनाइ थियो । त्यस अवसरमा बोल्दै सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाले — यस प्रकारका कामले नेपाल पर्यटन बर्ष २०२० का कार्यक्रमलाई टेवा पुग्ने बिश्वाश व्यक्त गर्नुभयो । त्यस्तै वडा सदस्य हेराशोभा डंगोल महर्जनले, स्थानीय सहभागितामा वडाका मौलिक चालचलनलाई प्रबर्धन गरेको बताउनुभयो ।

२०७२ सालको भूकम्पले महानगरलाई सम्पदा व्यवस्थापन गर्ने कामका केही चुनौती थपेको छ भने केही अवसर प्राप्त भएको छ । कार्यक्रममा स्थानीयका तर्फबाट बोल्दै किलाः घः का सदस्य तथा पुननिर्माण समितिका सचिव नातिकाजी महर्जनले सम्पदा पुननिर्माणमा देखिएका चुनौतीलाई पनि सम्भावनामा रुपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।

DSC_1888वडा १८ ले गएको बर्ष भुरुङ्गखेलर त्यस अघिको बर्ष नेटपाचोमा यसै प्रकारको महोत्सव आयोजना गरेको थियो । यस बर्षको महोत्सव तेश्रो महोत्सव हो । यो किलागलदेखि नरदेवीसम्मको करीव २०० मिटर सडकमा चलिरहेको छ । महोत्सवमा अमूर्त सम्पदाहरुका संरक्षक गुठीहरुले मौलिक बाजा प्रदर्शन, बाद्य शैली तथा नृत्य प्रस्तुत गरिरहेका छन् । महोत्सव सञ्चालनका लागि परम्परागत ङत त्वाः, किलाघः त्वाः, त्यंग त्वाः, त्यंग कुमा खलः र ङत तुलाधर समितिको संस्थागत सहभागिता छ । त्यस्तै वडामा बसोबास गर्ने कलाकारहरुले कला प्रस्तुतिमा सघाएका छन् ।

महोत्सव सञ्चालनका लागि वडासँगै महानगरको सम्पदा तथा पर्यटन विभागमार्पmत खर्चको व्यवस्था मिलाइएको छ । कार्यक्रमको व्यवस्थापन किलाघः त्वाः र किलाघः त्वाः मिसा पुचःले गरेका छन् । किलाघः टोल सुधार समितिले स्वयम्सेवक खटाएको महोत्सवलाई सिभिल बैंक, सिद्धार्थ बैंक र नेपाः व्याङ्क्वेटले सहयोग गरेका छन् ।

सडक महोत्सवमा वडावाट प्रशिक्षण पाएका प्रशिक्षार्थीले तथा स्थानीयले तयार पारेका हस्तकलाका सरसामान र खाना तथा खाजाका स्टल राखिएका छन् । यसरी राखिएका खाद्यबस्तुमा नेवार समुदायभित्र बिशेष पर्व तिथि तथा समयमा खाइने खाद्य परिकार समाबेश छन् ।

यसमा तपाइको मत