वडा १८ ले पर्यटन प्रवर्धन गर्न महोत्सवको आयोजना गर्ने

स्थानीय सहभगितामा मूर्त अमूर्त कला संस्कृति सम्बन्धित प्रदर्शनी गर्छौ — वडाध्यक्ष महर्जन

DSC_1699कार्तिक २८

काठमाडौं । वडा १८ ले यस महिनाको अन्तिम दिन अर्थात् कार्तिक ३० गते “भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” को आयोजना गर्ने भएको छ । वडाभित्रका सवै नागरिक सहभागी गराएर मूर्त अमूर्त सांस्कृतिक सम्पत्तिको प्रस्तुति गर्नु र नेपाल पर्यटन बर्षलाई प्रवर्धन गर्नु महोत्सव आयोजनाको लक्ष्य हो । बिहीबार वडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भन्नुभयो — हामीले यस प्रकारका कार्यक्रम बिगत बर्षदेखि नै गर्दै आएका छौं । उहाँका अनुसार पहिलो बर्षमा नेटपाचोमा सम्पन्न गरिएको महोत्सव दोश्रो वर्षमा भुरुङ्गखेल आयोजना गरिएको थियो । यस बर्ष किलागलदेखि नरदेवीसम्मको करीव २०० मिटर सडकमा महोत्सव चल्नेछ । अर्को बर्ष भने अर्कै स्थानमा गरिनेछ ।

महोत्सव शनिवार बिहा ८ बजेबाट शुभारम्भ हुनेछ । त्यस अवसरमा किलागलमा वडाले आर्थिक बर्ष २०७५/७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा डाँछी ईटाको पर्खाल र मूर्ति भण्डारण गर्ने कोठालगायत संरचनाको उद्घाटन गरिनेछ । त्यसपछि वडावाट प्रशिक्षण पाएका प्रशिक्षार्थीले तयार पारेका हस्तकलाका सरसामान र खाना तथा खाजाका स्टल राखिनेछन् । यसरी राखिने खाद्यबस्तुमा नेवार समुदायभित्र बिशेष पर्व तिथि तथा समयमा खाइने खाद्य परिकार समाबेश हुनेछन् ।

मध्यान्न १ बजेदेखि अमूर्त सम्पदाहरुका संरक्षक गुठीहरुले मौलिक बाजा प्रदर्शन, बाद्य शैली तथा नृत्य प्रस्तुत गर्नेछन् । यसमा परम्परागत ङत त्वाः, किलाघः त्वाः, त्यंग त्वाः, त्यंग कुमा खलः र ङत तुलाधर समितिको संस्थागत सहभागिता हुनेछ । हामीले वडामा बसोबास गर्ने कलाकारहरुलाई पनि प्रस्तुतिका लागि आग्रह गरेका छौं । उहाँहरुको नाम आउने क्रम जारी छ, वडाध्यक्षले महर्जनले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि वडासँगै महानगरको सम्पदा तथा पर्यटन विभागमार्पmत खर्च हुने रकम पनि मिलाइनेछ । कार्यक्रमको व्यवस्थापन किलाघः त्वाः र किलाघः त्वाः मिसा पुचःले गर्ने छन् । कार्यक्रमलाई गति दिन किलाघः टोल सुधार समिति स्वयम्सेवक खटाउने भएको छ । कार्यक्रमलाई सिभिल बैंक, सिद्धार्थ बैंक र नेपाः व्याङ्क्वेटले सहयोग गर्ने भएका छन् ।

 

यसमा तपाइको मत