नसर्ने रोगकाकारण हुने नागरिकको अकाल मृत्यु कम गराउन महानगरले लगानी बढाउने

जग्गा व्यवस्थापन गरेपछि महानगरले मधुमेही समाजको भवन निर्माण गरिदिने — मेयर शाक्य


DSC_1652चन्द्रमणि भट्टराई
कार्तिक २८

काठमाडौं । नसर्ने खालका रोगबाट हुने गरेको मानवीय मृत्युदर घटाउन महानगरले लगानी बढाउने भएको छ । बिहीबार नेपाल मधुमेही समाजले राजधानीमा आयोजना गरेको मधुमेह नियन्त्रणका लािग प्रधानाध्यापकको भूमिका बिषयक कार्यशालामा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — सहरमा नसर्ने रोगको जोखिम बढ्दै गएकोले यसको नियन्त्रण र रोकथामका लागि लगानी बढाउँदै लगिएको बताउनुभयो । निष्क्रिय र बिलासी सहरी जीवनशैलीले मधुमेहका बिरामीको संख्या बढ्दै छ । यही समस्याले आँखा, कलेजो, मुटु, नशा सम्बन्धी थप समस्या सृजना हुन्छ । मेयर शाक्यले भन्नुभयो — सहरबासीमा हुने यस प्रकारका समस्या न्युनीकरण गर्न महानगरले लगानी गर्छ । यस बर्षका लागि लुकेर बसेका बिरामी पत्ता लगाउन हामीले समाजसँगको सहकार्यका लागि २० लाख रुपैयाँ खर्च गर्छौ । समाजले गरेका कामको मुल्याङ्कन गरेर यसलाई आगामी बर्षमा बढाउँछौं । सहकार्यको दिगोपनाका बिषयमा कुरा गर्दै मेयर शाक्यले थप्नुभयो — समाजले आफ्नो जग्गाको व्यवस्था ग¥यो भने त्यस जग्गामा भवन बनाइदिने काम महानगरको हो ।

DSC_1554कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठीले समाजको बिकासका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा ग¥यो । कार्यक्रममा बोल्दै गुठीका संस्थापक प्रा. डा. मृगेन्द्रराज पाण्डेले उक्त रकम उपलब्ध गराउने बताउनुभएको हो । त्यस्तै रमा सुन्दरी श्रेष्ठ कोषमा सुन्करराज श्रेष्ठले ७५ हजार रुपैयाँ थप गर्नुभयो । समाजले व्यवस्थापन गर्ने गरी जोकोही पनि आमाबुबाले स्मृतिमा ५ लाख रुपैयाँको कोष स्थापना गर्न सक्ने व्यवस्था छ । यो कोष समाजका अध्यक्ष शिव श्रेष्ठकी श्रीमतिका नाममा स्थापना गरिएको कोष हो ।

कार्यक्रममा बरिष्ट मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले मधुमेहले मुटुमा ल्याउने जटिलता, उच्च रक्तचाप, सावधानी र उपचारका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै ग्रन्थी रोग बिशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट तथा ग्यास्टोलोजिस्ट) प्रा. डा. प्रदीप श्रेष्ठले मधुमेहका जटिलताका बारेमा, अर्थोपेडिक सर्जन डा. शैलज रञ्जितकारले मधुमेहले — स्नायु र हड्डीमा पार्ने प्रभाव तथा ग्याङरिङ भएर खुट्टा काट्नु पर्ने अवस्था कसरी आउँछ? यो अवस्था आउन नदिन के गर्ने? भन्ने बिषयमा र बरिष्ट रेटिना बिशेषज्ञ डा. इली प्रधानले, मधुमेहले आँखामा पार्ने प्रभाव र जटिलतासँगै उपचारात्मक पक्ष, सहप्राध्यापक एवं खाद्यबिज्ञ आलोक श्रेष्ठले, मधुमेहका बिरामीले खानामा पु¥याउनु पर्ने सावधानीका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तोहरुको एउटै निष्कर्ष थियो — मधुमेहका बिरामीले जीवनशैलीमा परिवर्तन गरेर रोगबाट हुने क्षति कम गराउन सक्छन् । यसमा आनीबानी र खानपानमा सुधार गर्नुपर्छ, नत्र बिरामीले आर्थिक र शारीरिक रुपमा ठूलो क्षति व्यहोर्नु पर्छ ।

मधुमेही समाजले आफ्ना काम गर्न दातासँग रकम नलिएको उल्लेख गर्दै समाजका अध्यक्ष शिव श्रेष्ठले — महानगरको सहयोगबाट समाजले आफ्नै भवन पाउने र मधुमेह सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पाउने आशा व्यक्त गर्नुभयो । त्यस्तै समाजकी उपाध्यक्ष भगवती नेपालले — मधुमेह दिवस सचेतना र जागरण सञ्चालन गर्ने दिन भएकोले समाजमा कुरा पु¥याउन बिद्यालयका प्रधानाध्यापकलाई बोलाइएको बताउनुभयो ।

कार्यक्रममा सहभागी बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले, आफ्नो वृत्ति बिकासका दौरानमा कहिल्यै यस प्रकारको ज्ञानमा सुसुचित हुन नपाएको प्रतिक्रिया दिनुभयो । माध्यमिक तहसम्मको बिद्यालय व्यवस्थापनको जिम्मा महानगरमा आएपछि समाज व्यवस्थापन र सामाजिक जीवनसँग सम्बन्धित बिषयमा पनि आफूहरुले तालिम पाएकोमा उहाँहरुमा प्रशन्नता देखिन्थ्यो ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत