चीनको छिन्दाओ नगर काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्न इच्छुक

चीनबाट प्राप्त सहयोगबाट काठमाडौंको बिकासका लागि सहयोग पुगेको छ — मेयर शाक्य

DSC_9943कार्तिक २५

काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्न आफू इच्छुक रहेको बताएको छ । सोमबार छिन्दाओ नगरपालिका पिपुल्स कंग्रेस, स्थायी कमिटिका महासचिव याङ् पेङ्मिङ्ले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गर्दै यस्तो इच्छा राख्नुभएको हो ।

काठमाडौं घुम्न आउँदा हामीलाई आनन्द लाग्यो । अझ धेरै ठाउँ घुमुँ घुमुँ लाग्यो । यदि तपाई हाम्रोमा आउनुभयो भने नदीको किनारामा भएको हाम्रो सहर देखेर खुशी हुनुहुनेछ । महासचिव पेङ्मिङ्ले भन्नुभयो — हाम्रो सहरमा बिद्युतजन्य सामानहरु उत्पादन हुन्छ । त्यहाँका सामान काठमाडौं ल्याउन सक्छौं । हामी काठमाडौंलाई प्रबिधि, प्राबिधिक बिषय उद्योग वाणिज्य र अर्थतन्त्रका क्षेत्रमा सहयोग गर्न चाहन्छौं, उहाँको भनाइ थियो ।

याङ्को कुरा सुनिसकेपछि प्रमुख शाक्यले — काठमाडौंको बिकासमा चीन सरकार र स्थानीय जनताकोतर्फबाट प्राप्त सहयोगको प्रशंशा गर्नुभयो । हामीले चीनबाट धेरै सिकेका छौं । त्यहाँबाट सिकेको कुरा काठमाडौंसँग मिल्नेजति कार्यान्वयनमा पनि ल्याउने प्रयास गरेको छौं । उहाँले थप्दै भन्नुभयो — हामीसँग चीनका ५ वटा सहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ । यसरी सम्बन्ध स्थापना भएका सहरसँग जनताको स्तरसम्म पुग्ने कार्यक्रम गरिरहेका छौं । गएको इन्द्रजात्रा स्मरण गर्दै उहाँले भन्नुभयो — गएको सेप्टेम्बर महिनामा काठमाडौंका जनताले ठूलो उत्सब (इन्द्रजात्रा) मनाएका थिए । हरेक बर्ष मनाइने यो जाधत्रा हेर्न हामी भगिनी सम्बन्ध भएका नगरका प्रमुख र प्रतिनिधिलाई बोलाएका थियौं । कुराकानीका क्रममा मेयर शाक्यले — महानगरको अन्तरराष्ट्रिय सम्बन्ध नीति र यसबाट प्राप्त गरिने परिणामलाई जनतासम्म पु¥याउन आफूले चाहेको बताउनुभएको थियो ।

छिन्दाओ नगर पूर्वी चीनमा रहेको सहर हो । यो सहर ११ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यस सहरमा ९३ लाख मानिस बसोबास गर्छन् । प्रबिधिको बिकास र प्रबिधिजन्य सामान उत्पादनमा यो सहरको नाम अग्रपङ्तिमा आउँछ ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत