प्रधानमन्त्रीको धन्यवाद सन्देश लिएर प्रमुख प्रशासकीय अधिकृत वातावरण व्यवस्थापन विभागमा

ट्रान्सफर स्टेसन खाली गर्ने र सिसडोललाई व्यवस्थित बनाउने कामको अपेक्षा

DSC_2678चन्द्रमणि भट्टराई
आश्विन ३०

 

काठमाडौं । सहरको सफाइमा महानगरका कर्मचारीले गरेको कामको प्रधानमन्त्री के. पि. शर्मा ओलीले धन्यवाद दिनुभएको छ । असोज २५ र २६ गते चीनका राष्ट्रपति सि चिनफिङ्को राजकीय भ्रमणका क्रममा सहरको सरसफाइमा कर्मचारीले गरेको कामप्रति प्रधानमन्त्रीले धन्यवाद दिनुभएको हो । यो सन्देश महानगरका प्रमुख प्रशाकीय अधिकृत केदार न्यौपानेले सफाइका कर्मचारीसम्म पु¥याउनुभएको हो । बिहीबार अपरान्ह वातावरण व्यवस्थापन बिभाग पुगेर उहाँले कर्मचारीहरुसँग भन्नुभयो — चीनका राष्ट्रपतिको भ्रमणका क्रममा बिभिन्न क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख र प्रतिनिधि बोलाएर प्रधानमन्त्री धन्यवाद दिनुभएको छ । यस क्रममा प्रधानमन्त्रीले भन्नुभयो, सहर सफाइ गर्ने काम त तपाईले गर्नुभएको होइन । काम गर्ने कर्मचारी त यहाँ आएका छैनन् । उनीहरुको काम राम्रो थियो । त्यो कामप्रति काम गर्ने कर्मचारीलाई धन्यवाद सुनाइदिनु । यसप्रकारको जाँगरलाई निरन्तरता दिन जरुरी छ । यो सन्देश पनि पु¥याइदिनु ।

DSC_2673प्रधानमन्त्रीलाई उधृत गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो — तीनकुनेका गरेको काम नक्कली थिएन । त्यो सक्कली हो भनेर प्रमाणित गर्नुपर्छ । राष्ट्रपतिले प्रयोग गर्नुभएको सडक त्यस समयमा जस्तो थियो त्यस्तै कायम राख्नु पर्छ ।

कर्मचारीसँगको भेटमा उहाँले थप्दै भन्नुभयो — राष्ट्रपति आउँदा जे काम भएको थियो त्यो कामलाई निरन्तरता दिँदै अब टेकु ट्रान्सफर स्टेशनको फोहोर खाली गराउनु पर्छ । सिसडोल ल्याण्डफिल्ड साइटलाई आकर्षक बगैंचा बनाउनुपर्छ । उहाँले आगामी तिहारका समयमा काठमाडौंमा फोहोर समस्या नहुने गरी काम गर्न आग्रह गर्नुभयो । निजी क्षेत्रबाट फोहोर व्यवस्थापनमा सहयोग छ, यसलाई नियमित र परिणामुलक बनाउनु पर्ने प्रशासकीय अधिकृत न्यौपानेको भनाइ थियो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले तीनकुने पार्कको सुन्दरताका लागि भएको कामको पनि प्रशंशा गर्नुभएको थियो । राष्ट्रपति भ्रमणका क्रममा अलि धेरै चर्चा भएको काम तीनकुनेमा तयार गरिएको बगैंचा एक हो । बगैचा बनाउन तीनकुनेको करीब ५३ रोपनी जग्गाको वरिपरि ९०० मिटर लम्बाइमा न्युनतम ६ फिटदेखि अधिकतम ९ फिट माटोको ढिस्को उठाइयो । त्यस ढिस्कोमा बाम, धुपी, गोगनबेली, कपुर, कल्कीलगायत जातका ६४१ वटा विरुवा रोपिएका छन् । त्यस्तै माटो उठाइएको करीब ३० हजार बर्गफिट क्षेत्रमा हरियो दुवो रोपिएको छ । यसलाई जोगाउन अहिले सशस्त्र प्रहरी र महानगर प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् ।

भेटका क्रममा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — दशैका समयमा दशमीका दिनबाहेक अन्य दिनमा नियमित काम गर्ने कर्मचारीलाईको जाँगरबाट सहर सफा हुन सकेको बताउनुभयो । फोहोर व्यवस्थापनको काम सजिलो छैन । यसमा काम गर्नेलाई कार्यालयका प्रोत्साहन आवश्यक पर्ने प्रमुख श्रेष्ठको भनाइ थियो ।

राष्ट्रपति चिनफिङ्को भ्रमणका क्रममा राष्ट्रपति आवतजावत गर्ने सडक बढार्न कर्मचारी आफैं पनि खटेका थिए भने ब्रमुरको पनि प्रयोग गरिएको थियो । त्यस्तै सडकमा बाँकी रहेको धुलो पखाल्न जेट मेसिन र ट््याङ्करको प्रयोग गरिएको थियो । यो सडक अहिले धुलोमुक्त छ । यो सडकको अवस्थालाई बिग्रिन नदिन राष्ट्रपतिको भ्रमणका क्रममा भएको जाँगर चलाइरहन अहिलेको आवश्यकता बनेको छ ।



यसमा तपाइको मत