दशैंमा फोहोर व्यवस्थापनको काम नियमित हुने

संकलित फोहोरलाई दशैंका दिन पनि  ल्याण्डफिल्ड साइटमा पु¥याइँदै

DSC_1232

चन्द्रमणि भट्टराई
आश्विन १५

 

काठमाडौं । यस बर्ष दशैंका मुख्य दिनमा पनि फोहोर संकलन गरिने भएको छ । कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने हाम्रो योजना छ । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — संकलन भएको फोहोरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पु¥याउँछौं । श्रेष्ठ भन्नुहुन्छ — बिगत बर्षहरुमा दशैका समयमा साइट बन्द हुन्थ्यो । यस बर्ष हामीले सरसफाइ गर्दै पर्व मनाउने निधो गरेका छौं । योजनाअनुसार काम भयो भने दशैका दिन ल्याण्डफिल्ड साइटमा फोहोर पुगेको पहिलो बर्ष हुनेछ ।

हामी महानगरबासीसँग आग्रह गर्न चाहन्छौं । तपाईलाई स्वच्छ पर्व मनाउने प्रयासमा छौं । तपाई पनि कम फोहोर उत्पादन गरेर हामीलाई सहयोग गर्नुहोस् । बिभागका प्रमुख श्रेष्ठ भन्नुहुन्छ — यस अवधिमा उद्योग/व्यवसाय/कार्यालय बन्द नै रहन्छन् । धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ । काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ । अहिले मानिसहरुको चहलपहल धेरै हुने ठाउँहरु बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन् ।

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि भन्छन् — ल्याण्डफिल्ड साइट सञ्चालन हुने हो भने हामी पनि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कामलाई निरन्तर चलाउँछौं । गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्नुहुन्छ — गएका बर्षहरुमा फुलपातीदेखि द्वादशीका दिनसम्म ल्याण्डफिल्ड साइट बन्द हुने गथ्र्यो । ती दिनमा हामीले पनि कर्मचारीलाई बिदा दिने गरेका थियौं । यस बर्ष साइट सञ्चालन भए हामी पनि काम गर्छौ । उता फोहोरमैला व्यवस्थापन संघ स्वमानका अध्यक्ष धु्रव आचार्यको भनाइ पनि उस्तै छ । साइट चल्यो भने काम नियमित हुन्छ । साइट चलेन भने मुख्य सडक सरसफाइ गरिन्छ । घर घरमा गएर फोहोर उठाउन चाहिँ सकिँदैन ।

दशैअवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

 

 

यसमा तपाइको मत